नेपाल बन्दका कारण जनजीवन प्रभावित

238

नेपाल बन्दका कारण जनजीवन प्रभावित

biplab-banda-800x350

बुटवल । भारतले गरेको नाकाबन्दीविरुद्ध नेकपा माओवादी नेत्रविक्रम चन्द (विप्लव) समूहले आह्वान गरेको एक दिने नेपाल बन्दका कारण जनजीवन प्रभावित बनेको छ । राष्ट्रिय स्वाधीनता रक्षाका लागि भन्दै बन्द आह्वान गरेको बन्दका कारण आइतबार विहानै देखि सडक र बजारमा यातायातका साधन संचालन भएका छैनन् ।माओवादी कार्यकर्ताले बजार, कलकारखाना, शैक्षिक संस्थासमेत संचालन गर्न नदिएपछि मधेशी मोर्चाको बन्दको मारमा परेका पूर्वी तराईका बासिन्दा माओवादीको बन्द थपिएपछि दोहोरो मारमा परेका छन् । बन्दले काठमाडौं उपत्यकाको जनजीवन सामान्य प्रभावित भएको छ । उपत्यकामा कम मात्रामा सवारीसाधन चलेका छन् । विहानैदेखि चोकचोकमा बसेर प्रहरीले सुरक्षा व्यवस्था कडा पारेकाले अहिलेसम्म कुनै घटना हुन नपाएको बताइएको छ ।सवारी व्यवस्था चुस्त रहेको तर सडकमा सवारी चाप अत्यन्तै न्युन रहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ । बन्दकर्ताहरु पनि सडकमा नदेखिएकाले आवत्जावतमा कुनै समस्या नभएको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ ।माओवादी बन्दका कारण सुनसरी, मोरङ, झापा, इलाम, धनकुटा, भोजपुर, संखुवासभा, तेह्रथुम, इलाम चल्ने लामो तथा छोटो दूरीका यातायातका साधन संचालनमा आउन सकेका छैनन् ।बन्दका कारण धरान, इटहरी, बिर्तामोड, धनकुटा, दमकलगायतका मूख्य बजार पनि पूर्ण रुपमा बन्द छन् । उता, चन्द माओवादीको बन्द पर्यटकीय नगरी पोखरामा पनि परेको छ । पोखराका मुख्य बजारहरु खुलेका छैनन् भने यातायातका साधन चल्न सकेको छैन ।यसैबीच, जर्वरजस्ती बजार बन्द गराउंदै हिड्ने २३ जनालाई प्रहरीले पोखराको पृथ्वीचोक, सृजना चोक र लेखनाथको पाल चोकबाट एका बिहानै नियन्त्रणमा लिएको छ । बुटवलमा मोटरसाइकल संचालनमा आएका छन । लामोदुरीका सवारी चलेका छैनन् भने बजार पुर्णरुपमा ठप्प छ । वन्दमा गाडी तोडफोड गर्ने कुनै कार्यक्रम नभएको नेकपा माओवादीका प्रबक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिएका छन् ।