प्रदेश पाँच : तेस्रो प्रदेश स्थापना दिवसमा तीन दिन दीपावली गरिने

प्रदेश पाँच : तेस्रो प्रदेश स्थापना दिवसमा तीन दिन दीपावली गरिने

प्रदेश पाँचको प्रदेश सरकारले प्रदेश स्थापना दिवसमा परम्परागत रुपमा तीन दिन दीपावली गर्ने भएको छ । तेस्रो प्रदेश स्थापना दिवसको अवसर पारेर प्रदेश पाँच सरकारले शुक्रबार शनिबार र आईतबार तीन दिन साँझ दिपावली गरि उल्लासमय रुपमा मनाउने तयारी गरेको हो । प्रदेश स्थापना दिवसको अवसरमा तीन दिन दीपावली गर्ने निर्णय भएबमोजिम प्रदेशका सबै सरकारी कार्यालय, सामुदायिक संघसंस्था, बित्तिय संघसंस्था, बिद्यालय सबैलाई साँझ दीपावली गर्नकालागि प्रदेश सरकारले अपिल गरेको छ ।
‘प्रदेश स्थापना दिवस २०७६ मनाऔं, समृद्ध प्रदेश खुसी जनताको अभियान सफल पारौं’ भन्ने नारा सहित प्रदेश स्थापना दिवस मनाउनकालागि मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा प्रदेश स्थापना दिवस मुल समारोह समिति गठन गरि तयारीका काम भईरहेको बिहिबार प्रदेश पाँचको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।
फागुनको २, ३ र ४ गते मनाउने तीन दिने प्रदेश स्थापना दिवसकालागि सरकारले बिभिन्न कार्यक्रमको तयारी गरेको छ । जस अन्तरगत पहिलो दिन २ गते सामाजिक बिकास मन्त्रालयको संयोजनमा बिद्यालय स्तरीय कबिता, वक्तृत्व कला वा गजल बाचन प्रतियोगिता गर्ने तयारी भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव शंकरप्रसाद खरेलले जानकारी गराउनु भयो ।
त्यस्तैगरी सोही दिन सामाजिक बिकास मन्त्रालयकै संयोजनमा प्रदेश राजधानी बुटवल सहित जिल्ला सदरमुकामहरुमा रेडक्रस र रक्तदाता संघहरुको समन्वयमा रक्तदान कार्यक्रम हुनेछन् । त्यस्तै प्रदेश राजधानी बुटवलमा बुटवल उपमहानगरपालिकाको संयोजनमा तथा जिल्लाहरुमा जिल्ला समन्वय समितिको संयोजनामा र स्थानीय तहमा स्थानीय तहको संयोजनमा सदरमुकाममा सरसफाई कार्यक्रम गरिने छ ।
त्यसैगरी दोस्रो दिन ३ गते शनिबार प्रदेश स्थापना दिवसका मुल समारोह गरिने छ । जसकालागि प्रदेश राजधानी बुटवलको राजमार्ग चौराहादेखि प्रदेश तथा स्थानीय तहका पदाधिकारी, राजनीतिक दल, कर्मचारी, सुरक्षाकर्मी, संघसंस्थाका प्रमुख तथा पदाधिकारी सहित बिभिन्न जातजाती धर्म समुदायका सांस्कृतिक झाँकी प्रदर्शन गरिने छ । झाँकी सहितको ¥याली बुटवल बहुमुखी क्याम्पसको प्राङ्गढमा पुगेर बिशेष समारोह गरिने सचिव खरेलले बताउनु भयो ।
सोही दिन प्रदेश सरकारले पदक प्रदान गर्ने निर्णय गरेका ३५ जनालाई पदकले विभुषित समेत गरिने उहाँले जानकारी गराउनु भयो । प्रदेश स्थापना दिवस कार्यक्रमको अन्तिम दिन ४ गते आईतबार भूमि व्यबस्था कृषि तथा सहकारी मन्त्रालय, उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय र लुम्बिनी बिकास कोष समेतको समन्वयमा लुम्बिनी क्षेत्र भित्र हिउँदे फलफूलका बिरुवा रोप्ने कार्यक्रम तय गरिएको छ ।

Share This
  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares