बजार प्रतिनीधिकालागि क्षमता अभिबृद्धि तथा नेतृत्व बिकास तालिम

1.2K

बजार प्रतिनीधिकालागि क्षमता अभिबृद्धि तथा नेतृत्व बिकास तालिम

नेपाल बजार प्रतिनीधि संघ लुम्बिनी शाखाको आयोजनामा सेल्स मार्केटिङ् सेक्टरलाई लक्षित गरि तालिम आयोजना गरिएको छ । सेल्सम्यान र मार्केटिक सेक्टरमा काम गर्ने संस्थाका सदस्यहरुको क्षमता अभिबृद्धि तथा नेतृत्व बिकासकालागि तालिम आयोजना गरिएको नेपाल बजार बिक्रि प्रतिनीधि संघ लुम्बिनी शाखाका अध्यक्ष कमलराज पौडेलले जानकारी दिनुभयो ।
यहि फागुन ३ गते शनिबारका दिन हुने तालिममा अन्तर्राष्ट्रिय प्रशिक्षक गोबिन्द ज्ञवाली र गोपाल अधिकारीले प्रशिक्षण गर्नुहुने छ । उक्त तालिमका सहभागिताकालागि संघले खुल्ला आह्वान गरेको अध्यक्ष पौडेलले बताउनु भयो ।