नवौं संस्करणको ‘दीप गायन तारा’ यहि फागुन ४ र ५ मा हुँदै

1.1K

नवौं संस्करणको ‘दीप गायन तारा’ यहि फागुन ४ र ५ मा हुँदै

बुटवलको दीप बोर्डिङ्ले सञ्चालन गर्दै आएको ‘दीप गायन तारा’को नवौं संस्करण यहि फागुनको ४ र ५ गते हुने भएको छ । बिद्यालयले सामाजिक उत्तरदायित्व बहन गर्दै बिद्यार्थीमा भएको प्रतिभा पहिचान गर्नकालागि प्रत्येक वर्ष माध्यमिक बिद्यालय स्तरीय ‘दीप गायन तारा’ प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।
बिद्यालयले सञ्चालन गर्दै आएको यो प्रतिगितामा अस्मिता चापागाई, प्रिया भण्डारी, अक्सर अली, जुना गुरुङ, नविन परियार, दीप्सन श्रेष्ठ, वर्षा परियार र सक्सेस पाण्डेले दीप गायन ताराको उपाधि उचालिसकेका छन् । दीप गायन तारा उपाधि प्राप्त गरेका उनीहरु कलाकारिताकै माध्यमबाट राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउन सफल भएको शुक्रबार बिद्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्राचार्य टीकाराम न्यौपानेले जानकारी गराउनु भयो ।
दीप गायन तारा अन्तरगत पहिलो दिन ४ गते पहिलो चरणमा टप १५ जना छनौट गरिने छ भने दोस्रो चरणमा टप १० छनौट गरिने बिद्यालयका उपप्राचार्य कलाधर अर्यालले बताउनु भयो । त्यस्तैगरी दोस्रो दिन ५ गते टप १० मा आएका बिद्यार्थीलाई अन्तिम चरणको प्रतिस्पर्धा गराईने छ ।
एउटा बिद्यालयबाट एक जना मात्रै प्रतियोगि सहभागि हुने उक्त प्रतियोगितामा भाग लिनकालागि रुपन्देही जिल्लाका १६३ बिद्यालयलाई पत्राचार गरिएको र हालसम्म २७ बिद्यालयले नाम दर्ता गराईसकेको बिद्यालयले जनाएको छ । प्रतिस्पर्धामा करिव ४५ जना बिद्यार्थी सहभागि हुने अनुमान गरिएको बिद्यालयका प्राचार्य न्यौपानेले बताउनु भयो ।
दीप गायन तारा उपाधि विजेतालाई ३० हजार नगद पुरस्कार सहित शिल्ड र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै द्वितीय हुनेलाई २० हजार, तृतीय हुनेलाई १० हजार नगद पुरस्कार सहित शिल्ड र प्रमाणपत्र प्रदान गरिने छ भने चौंथो हुने दुई जना बिद्यार्थीलाई जनही २ हजार नगद पुरस्कार सहित शिल्ड प्रमाण पत्र प्रदान गरिने छ । टप १० मा प्रतिस्पर्धा गरेका बाँकी ५ जना बिद्यार्थीलाई जनही १ हजार नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिने बिद्यालयका शिक्षक पुरुषोत्तम पाण्डेले बताउनु भयो ।
त्यसै अवसरमा बिद्यालयले प्रदान गर्दै आएको खेलकुद पत्रकारिता पुरस्कार पनि प्रदान गर्ने छ । बिद्यालयले पत्रकारिता मार्फत खेलकुदको बिकासमा योगदान दिने एक जना पत्रकारलाई १० हजार नगद पुरस्कार सहित कदर पत्रले सम्मान गर्दै आएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै बिद्यालय सञ्चालक समितिका अध्यक्ष राजेन्द्र ध्वजुले बिद्यालयको स्थापना कालदेखि नै बिद्यार्थीलाई गुणस्तरीय शिक्षाका साथै अतिरिक्त कृयाकलापलाई प्राथमिकताका साथ सञ्चालन गर्दै आएको बताउनु भयो । दीय गायन तारा पनि त्यसैको एउटा नमुना भएको उहाँले उल्लेख गर्नुभयो । त्यस अवसरमा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसीले बिद्यार्थीमा लुकेका प्रतिभा खोजी गर्नकालागि बिद्यालय स्तरीय प्रतियोगना सञ्चालन गरेर बिद्यालयले स्रहानीय काम गरेको उल्लेख गर्नुभयो ।