राष्ट्रिय सभा सदस्य उपाध्यायको निधनमा काँग्रेसले तीन दिन कुनै कार्यक्रम नगर्ने

राष्ट्रिय सभा सदस्य उपाध्यायको निधनमा काँग्रेसले तीन दिन कुनै कार्यक्रम नगर्ने

नेपाली काँग्रेसका नेता तथा राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन प्रति नेपाली काँग्रेस रुपन्देहीले शोक व्यक्त गरेको छ । नेपाली काँग्रेस रुपन्देहीका सभापती अब्दुल रज्जाकले शोक वक्तब्य जारी गर्दै स्वर्गीय नेता उपाध्यायको आत्माको चिर शान्तीको कामना र परिवारजनमा समवेदना प्रकट गर्नु भएको छ । नेपाली काँग्रेस क्षेत्र नं. ५ का क्षेत्रीय सभापती तथा महाधिवेशन प्रतिनिधि समेत रहनु भएका राष्ट्रियसभा सदस्य उपाध्यायको निधनले पार्टीलाई अपुरणीय क्षती पुगेको सभापती रज्जाकद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ । स्वर्गीय नेता उपाध्यायको निधनमा नेपाली काँग्रेस रुपन्देहीले सात दिन पार्टीको झण्डा आधा झुकाउनुका साथै तीन दिन सम्म कुनैपनि औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको समेत उहाँले जानकारी गराउनु भयो ।
२०४६ सालाको जनआन्दोलन देखि नै नेपाली काँग्रेसमा सक्रिय रहनुभएका उपाध्याय रुपन्देही क्षेत्र नं ५ मा दुई पटक क्षेत्रीय सभपाती हुनुभयो । २०५४ सालमा साविकको मधुवनी गाविसको उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । २०७४ को माघमा उहा राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएको हो । उपाध्याय लुम्बिनी विकास कोषको कार्यकारीणी सदस्य समेत हुनुहुन्थ्यो । बुवा जंगीप्रसाद उपाध्याय र आमा सोनमती उपाध्यायका छोरा दुर्गा केही समय यता क्यान्सर रोगबाट ग्रसित हुनुहुन्थ्यो । ५० बर्षको उमेरमा लुम्बिनी सांस्कृतिक नगरपालिका १० स्थित आफनै निवासमा उपाध्यायको शुक्रबार बिहान निधन भएको हो ।

Share This
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares