आपूर्तिमन्त्रीलेआयल निगमका कार्यकारी निर्देशकलाई स्ष्टीकरण सोधेकोमा अख्तियार असन्तुष्ट

आपूर्तिमन्त्रीलेआयल निगमका कार्यकारी निर्देशकलाई स्ष्टीकरण सोधेकोमा अख्तियार असन्तुष्ट

Gopal-Bahadur-Khadka

काठमाडौं । वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई स्ष्टीकरण सोधेकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असन्तुष्टि जनाएको छ ।

आपूर्ति मन्त्रालयका तर्फबाट मन्त्री गणेशमान पुनको निजी सचिवालयले खड्कालाई स्पष्टीकरण सोधेको बताउँदै आइतबार अख्तियारका प्रवक्ता कृष्णहरि पुस्करले भने- ‘यो बेथितिको पराकाष्टा हो ।’

निगमका हाकिमलाई स्पष्टीकरण सोधेर राजनीतिकरण गर्न खोजिएको प्रवक्ता पुस्करको आरोप छ ।कार्यकारी निर्देशक खड्कामाथि बिराट पेट्रो एवं भलबारी डिपो लगायतको प्रकरणमा आर्थिक चलखेल गरेको आरोप लागेपछि अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि अनुसन्धान गरिराखेको छ ।गोपालबहादुर खड्काआयोगले अनुसन्धान गरिरहेको विषयमा प्रवेश गरेर मन्त्रीको निजी सचिवालयले खड्कामाथि स्पष्टीकरण सोध्ने कार्य जायज नभएको प्रवक्ताको तर्क छ । यद्यपि निगममा कार्यकारी प्रमुखलाई मन्त्रालयले स्पष्टीकरण सोध्न सक्ने कानूनी आधार रहेको मन्त्रालयका अधिकारी बताउँछन् ।जसले जे काम गर्नुपर्ने हो, त्यतातिर ध्यान दिनुपर्छ भन्दै प्रवक्ता पुस्करले आपूर्तिमन्त्री पुनको भूमिकाप्रति प्रश्न उठाएका छन् । वाणिज्य आपूर्ति मन्त्रालयको काम भनेको बजारको अनुगमन गर्ने र इन्धन आपूर्तिलाई सहज बनाउने रहेको पुस्करले बताए ।निगमका कार्यकारी निर्देशक खड्काले तेल आपूर्तिमा चलखेल गरेको आरोप लागेसँगै एमाले समर्थित युवा संघले समेत आपूर्तिमन्त्री गणेशमान पुनलाई भेटेर कार्यकारी निर्देशक खड्कालाई तत्काल निगमबाट हटाउन दबाव दिएको छ ।खड्काले भने आफूलाई हटाएर देखाउन मन्त्री पुनलाई चुनौती दिएका छन् । मन्त्री पुन निकटस्थहरु खड्कालाई अख्तियारले नै संरक्षण गरिरहेको बताउँछन् ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •