टाटा नेक्सनको भ्यालेन्टाईस् स्पेशल कार्यक्रम

852

टाटा नेक्सनको भ्यालेन्टाईस् स्पेशल कार्यक्रम

टाटा मोटर्सले मनोरञ्जनात्मक कार्यक्रम गरि भ्यालेनटाईनस् डे मनाएको छ । टाटाको अत्याधुनिक तथा आरामदायी नेक्सन गाडी खरिद गरेका ग्राहकलाई लक्षित गरि ‘भ्यालेन्टाईन्स् स्पेशल अ नाईट रिमेम्बर’ कार्यक्रम गरिएको हो ।
आफ्ना ग्राहकसंग सद्भाव अभिबृद्धि गर्न र स्थापित सम्बन्धलाई अझ बलियो बनाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा आधुनिक गायक रामकृष्ण ढकाल, चर्चित मोडल अञ्जली अधिकारी लगायतका कलाकारहरुले प्रस्तुती गरेका थिए ।
गत शुक्रबार लुम्बिनीमा भएको उक्त कार्यक्रममा नेक्सन गाडीका उपभोक्ता सपरिवार सहभागि भएका थिए । त्यसले पनि कार्यक्रमलाई अझ रौनकता थपिएको टाटा प्यासेन्जर भेईकल बुटवलकालागि आधिकारिक बिक्रेता सफल अटो इन्टरनेशनलका सेल्स एण्ड मार्केटिकङ् कोर्डिनेटर सन्दिप पोखरेलले जानकारी गराउनु भयो ।