तुर्किस दुताबासमा रसियनहरुले गरे तोडफोड,रसियाको निर्णय पछि तुर्किसहरु विरोधमा

1.3K

तुर्किस दुताबासमा रसियनहरुले गरे  तोडफोड,रसियाको निर्णय पछि तुर्किसहरु विरोधमा

ब्रसेल्स/बेल्जियम
मंसिर १३

टर्कीले रुसी बिमान खसालेको घटना पछि रसियामा रहेको टुर्किस दुताबासमा रसियनहरुले तोडफोड समेत गरेका छन | यता रसियाको निर्णय पछि तुर्किशहरु त्यस्को विरोधमा सडकमा उत्रेका छन | रसियाका रास्ट्रपति भालादमिर पुटिनले आफ्ना नागरिकहरुलाई टर्कीको भ्रमणमा नजान र योजना भयको भय रद्ध गर्न समेत घोषणा गरेका थिय |

रुसी सरकारले भोलि देखि टर्कीमाथि पुर्णरुपमा आर्थिक नाकाबन्दी लगाउने भयको छ | यो संगै टर्कीबाट रुस भित्रने सबै मालसामानहरुको सुची तयार पार्दै रुसी सरकारले ति पूर्ण रुपमा बन्देज लगाउने बतायको छ |समाचार सस्था इन्टरफ्याक्सले सरकारी स्रोतलाई उधृत गर्दै भनेको छ ‘सबै खाध्य पदार्थहरु कालो सुचिमा राखियको छ |’

आफ्नो लडाकु विमान टर्कीले खसालेपछि त्यसको जवाफमा रुसले उसमाथि आर्थिक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।उक्त निर्णयका कारण टर्कीबाट रुसमा हुने आयात, रुसस्थित टर्कीश कम्पनीहरुको काम र रुसी कम्पनीमा टर्कीश नागरिकले गर्ने काम प्रभावित हुने भयका छन ।यस्तै दुई देशबिच चार्टर उडानमा पनि प्रतिबन्ध लगाइएको छ । अहिले रुसमा झण्डै ९० हजार टर्कीका नागरिक काम गरिरहेका छन् । यीनका परिवारलाई जोड्ने हो भने रुसमा रहेका टर्कीस नागरिकको संख्या झण्डै दुई लाख पुग्ने रुसका आवास तथा भौतिक निर्माण मन्त्रि मिखाली मनले जानकारी दियका छन |

गत वर्ष ३० लाख रुसी पर्यटकले टर्कीको भ्रमण गरेका थिए।टर्कीले यो वर्ष ७० करोड २० लाख पाउण्ड भन्दा बढी मूल्यको खाद्य सामग्री र कृषि उत्पादन रुस निर्यात गरिसकेको छ।रुसका अनुसार त्यहाँ खपत हुने तरकारीको २० प्रतिशत टर्कीबाटै आयात हुने गर्छ।