रामपुर नगरपालिका ७ का खेलाडीलाई बधाई तथा धन्यवाद

1.2K

रामपुर नगरपालिका ७ का खेलाडीलाई बधाई तथा धन्यवाद

 रामपुर नगरपालिका वडा नं ७ पाल्पाले खेलाडीलाई बधाई तथा धन्यवाद कार्यक्रम गरेकाे छ । गत माघ १५ गते देखि १८ गते सम्म रामपुरमा संचालन भएको तेस्रो मेयर कपमा विभिन्न विधामा उत्कृष्ट तथा सहभागी खेलाडीलाई खादा अाेढाएर एक कार्यक्रमका बिच वडा कार्यालयले  बधाई तथा धन्यवाद कार्यक्रम गरेकाे छ । वडा अध्यक्ष तिर्थप्रसाद पंगेनिकाे अध्यक्षतामा भएको कार्यक्रममा तेस्रो रामपुर मेयर कप २०७६ अन्तर्गत कृकेट प्रतियोगितामा दाेश्राे, फुटवलमा तेस्रो, सटफुटमा पहिलो र तेस्रो, डाेरि तान्ने प्रतियोगितामा तेस्रो भई पुरस्कृत हुन सफल तथा सहभागी खेलाडीलाई वडा कार्यालयमा कार्यक्रम गरि बधाई तथा धन्यवाद दिइएकाे हाे । कार्यपालिका सदस्य तथा वडा सदस्य दुर्गादेवि भण्डारी गाैतमकाे स्वागतबाट सुरु भएको कार्यक्रमकाे संचालन सहायक वडा सचिव गिता पाैडेलले गर्नुभएको हाे । कार्यक्रमकाे उद्देश्यबारे वडा सदस्य मिनबहादुर सिंजालिले जानकारी दिनुभएको हाे । कार्यक्रमका अवसरमा संचार माध्यमबाट वडाकाे काममा सहयाेग पुर्याएकाे याेगदानकाे कदर गर्दै पत्रकार सुशीला रेग्मी र इमान सिं रानालाई सम्मान गरिएको छ ।  कार्यक्रममा खेलाडी सनम बिर्कट्टाले खेलाडीलाई वडाले गरेकाे सहयाेग र सम्मानले खेलमा झन् हाैसला बढेकाे बताउनुभएको छ । कार्यक्रममा सहभागीलाई वडा सदस्य  मिठ्ठुमाया सुनारले  धन्यवाद दिनुभएको थियाे ।