उम्राकालागि मक्का मदिनाको यात्रामा निस्केका आलिमलाई बिदाई

1.1K

उम्राकालागि मक्का मदिनाको यात्रामा निस्केका आलिमलाई बिदाई

उम्राकालागि मक्का मदिना जान लाग्नु भएका बुटवल ५ का आलिम दिन मिया र अनुप दिन मियालाई आज बिदाई गरिएको छ । मुस्लिम समुदायमा हर्ज गर्न जानुभन्दा अगाडी त्यसको तयारीको रुपमा उम्रा जाने गरिन्छ । उहाँहरु साउदीको मक्का र मदिनामा करिव १५ दिन उम्रा गर्नुहुनेछ ।
उम्रा गरेपछि मात्रै हर्ज गर्न मिल्ने भएकाले हर्ज जानु अघि उम्रा जाने प्रचलन रहेको मुस्लिम समुदायका जानकारहरु बताउँछन् । उम्रा गरेपछि मनोकामना पुरा हुने, मृत्युपछि बैकुण्ठ (जन्नत)मा बास हुने विश्वास गरिन्छ । त्यस्तै हर्ज तथा उम्रामा जानेले परिवारको सुख, शान्ति तथा समृद्धिको मनोकामना समेत गर्ने र त्यो प्राप्त हुने विश्वास गरिने मुस्लिम समुदायका व्यक्तिहरु बताउँछन् ।
उहाँलाई बिदाईका लागि मुस्लिम समुदाय मात्रै नभई हिन्दु समुदायका समेत सयौं व्यक्ति घरमा आएर शुभकामना व्यक्त गरेका थिए । बुटवल उद्योग बाणिज्य संघ कस्मेटिक तथा गिफ्ट बस्तुगत समितिका उपसभापति समेत रहनुभएका आलिम दिन मियाको बिदाईकालागि संघका वरिष्ठ उपाध्यक्ष उज्जवल कसजु, कस्मेटिक बस्तुगत समितिका सभापति अब्दुल सलामत समेत सहभागि हुनु भएको थियो ।
त्यस क्रममा संघका वरिष्ठ उपाध्यक्ष कसजुले उम्रा यात्राको सफलताको कामना गर्दै मक्का मदिनाले आलिम सहित सबै मुस्लिम समुदाय र हिन्दु समुदायको समेत मनोकामना पुरा गरुन भन्ने कामना गर्नुभएको थियो । आईतबार बुटवलबाट निस्किनु भएका आलिम सोमबार काठमाण्डौबाट साउदीका लागि प्रस्थान गर्नुहुनेछ ।