गरीव तथा असहाय विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

गरीव तथा असहाय विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

पाल्पाको रामपुर नगरपालिका वडा नं ७ को आयोजनामा गरीव तथा असहाय विद्यार्थीलाई स्टेशनरीका सामग्री वितरण गरिएको छ । वडामा रहेका ६४ जना विद्यार्थीलाई पठनपाठनमा सहज होस् भनी स्टेशनरीका सामग्री वितरण गरिएको हो । वडा अध्यक्ष तिर्थप्रसाद पंगेनीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्याल रहनुभएको हो । प्रमुख अतिथि अर्यालले वडाले गरीव तथा असहाय विद्यार्थीका लागि प्रथामिकता दिएर गरेको यो कार्यक्रमले विद्यार्थीको पठनपाठनमा सहयोग पुग्ने बताउदै लगनशील भएर पढ्न विद्यार्थीलाई अनुरोध गर्नुभएको छ । कार्यपालिका तथा वडा सदस्य दुर्गादेवी भण्डारी गौतमले कार्यक्रमको उद्देश्यमाथि जानकारी दिदै सहभागीलाई स्वागत गर्नुभएको कार्यक्रम संचालन सहायक वडा सचिव गिता पौडेलले गर्नुभएको हो । कार्यक्रममा सहभागीलाई वडा सदस्य कमलराज भट्टराईले धन्यवाद दिनुभएको हो । स्टेशनरीका सामग्री पाएपछि विद्यार्थीहरु खुशि भएका छन् । वडाले गरेको यस कार्यक्रमले विद्यार्थीमा पढ्ने उत्साह बढेको आधारभुत माविका प्रधानाध्यापक रुपनाथ गौतमले बताउनुभएको छ । वडाले गतवर्ष पनि गरीव तथा असहाय विद्यार्थीलाई स्टेशनरीका सामग्री वितरण गरेको थियो ।

Share This
  • 293
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    293
    Shares