प्रहरीको काम राज्यका निती र नियमबाट हुन्छः समाधेशक डा. रेग्मी

प्रहरीको काम राज्यका निती र नियमबाट हुन्छः समाधेशक डा. रेग्मी

प्रहरी तालिम केन्द्र प्रदेश ५ का समाधेशक वरिष्ठ प्रहरी उपरिक्षक डा. गणेश रेग्मीले नेपाल प्रहरीले राज्यका विद्यमान निती र नियममा रहेर आफ्ना काम गर्दै आएको बताउनु भएको छ ।
रोटरी क्बल अफ बुटवलका १२९९ औं नियमित बैठकमा अतिथि बक्ताका रुपमा शनिवार सहभागि हुदै आफ्ना धारणा राख्ने क्रममा सो विचार व्यक्त गर्नु भएको हो । उहाले सबै पेशा र व्यवसायमा रहेका नागरिकले राष्ट्रको हितमा र समाजको विकासमा इमानदारिताकासाथ काम गर्ने संस्कार बसाल्नु जरुरी रहेको बताउनु भयो ।
उहाले संस्कार र व्यवहारमा सकारात्मक सोंच राख्न नसक्दासम्म र आफ्नो जिम्मेवारीमा इमानदारिता पालना गर्न नसक्दासम्म समाजमा परिर्वतन र समृद्धि ल्याउन नसकिने बताउनु भयो ।
वरिष्ठ प्रहरी उपरिक्षक डा. रेग्मीले समाजको विकास र परिर्वतनका लागि व्यक्तिको गतिविधिले नै निर्धारण गर्ने हुदा हामी त्यसमा ध्यान दिनु पर्ने बताउनु हुदै प्रहरीको काम कर्तब्यप्रति जनताको खबरदारी जरुरी रहेको धारणा राख्नु भयो । उनले हरेक चिजलाई खराब दृष्टिकोणबाट मात्र हेर्ने प्रवृतिले नै हामीलाई सकारात्मक बाटोमा अगाडी बढ्न रोकेको भन्दै जिवनमा आउने समस्यासंग जुध्न सक्नु नै मानविय जिवन भएको बताए ।
डा. रेग्मीले समाजका हरेक क्षेत्रमा विृकति र विंसगति रहेको बताउदै राज्यका अंगहरुले विद्यमान निती र नियममा रहेर आफ्ना काम गर्नु पर्ने हुदा समाजले चाहेको परिणाम कहिले काहि नदखिने जिरिक गरेका थिए ।
क्लबका अध्यक्ष रो. दिल्ली कुमार श्रेष्ठको अध्यक्षता, सचिव रो. रोमनाथ शर्माको सञ्चालनमा भएको कार्यक्रममा तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कडेंल, समाजसेवी खेम पुन लगायत बोल्नु भएको थियो । सो अवसरमा भारतको कोलकत्तामा आयोजित रोटरीको इन्टरनेशन कन्फ्रेसमा भाग लिएर फर्कनु भएका पूर्व अध्यक्ष पुरन श्रेष्ठले अनुभव सुनाउनु भएको थियो । सो कार्यक्रममा नेपाल सहितका ३२ राष्ट्रका करिव ३ हजार रोटरियनहरु सहभागि रहेका थिए । कार्यक्रममा नेपालबाट मात्र ३ सय जना सहभागी रहेको जानकारी गराइएको थियो ।

Share This
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares