ईञ्जिनियरिङ्का बिद्यार्थीले तयार गरेका नयाँ प्रविधिका प्रोजेक्ट देखाउन लेक एक्स्पो

ईञ्जिनियरिङ्का बिद्यार्थीले तयार गरेका नयाँ प्रविधिका प्रोजेक्ट देखाउन लेक एक्स्पो

रुपन्देहीको तिलोत्तमा स्थित लुम्बिनी ईञ्जिनियरिङ् कलजमा सोमबारदेखि दुई दिने ‘लेक एक्स्पो’ हुने भएको छ । शिक्षा क्षेत्रमा लामो अनुभव संगालेका व्यक्तिहरुले २००५२ सालमा स्थापना गरिएको लुम्बिनी ईञ्जिनियरिङ् कलेजमा प्रत्येक २ वर्षमा एक्स्पो सञ्चालन गर्दै आएको छ ।
कलेजमा अध्ययनरत बिद्यार्थीहरुको क्षमता अभिबृद्धिका दृष्टिले महत्वपूर्ण मानिएको एक्स्पोलाई बिद्यार्थीले के सिके र के जाने भन्ने जाँच्ने कडिका रुपमा समेत लिईएको कलेजका निर्देशक तुलसीप्रसाद सापकोटाले बताउनु भयो ।
दुई दिनसम्म सञ्चालन गरिने एक्स्पोमा सिभिल, कम्प्युटर र ईलेक्ट्रिकल ईञ्जिनियरिङ् विभागका बिद्यार्थीहरुले तयार गरेका ५० प्रोजेक्टहरु राखिने छ । जसमा सिभिलका २२, कम्प्युटरका ९ र ईलेक्ट्रिकलका १९ प्रोजेक्टहरु एक्स्पोमा समावेश गरिएको कलेजका प्राचार्य ईञ्जिनियर शिवराज बरालले बताउनु भयो ।
जसमा रोवोर्ट, ब्रिज (पुल), नदिमा कसरी पुल जोड्ने, हाईड्रो, घरभित्र भएका उपकरणहरुलाई बाहिरबाट कसरी कन्ट्रोल गर्ने जस्ता प्रविधिहरु रहेका उहाँले बताउनु भयो । यी सबै प्राजेक्ट सोही कलेजमा अध्ययन गर्ने बिद्यार्थीहरुले तयार गरेका हुन् । यो कार्यक्रमले बिद्यार्थीमा थप उत्प्रेरणा र हौसला बृद्धि हुने कलेजका डेपुटी डाईरेक्टर नारायण ढकालले बताउनु भयो ।
दुई दिनसम्म सञ्चालन गरिने एक्स्पोमा उच्च शिक्षा अध्ययनरत बिद्यार्थीलाई बढी उपयोगी हुने र कम्तिमा ३ हजार बिद्यार्थीले अवलोकन गर्ने आकलन गरिएको कलेजका भाईस प्रिन्सीपल नारायण ढकालले बताउनु भयो । एक्स्पोको तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको र एक्स्पोमा अवलोकन गरेर त्यसबाट फाईदा लिनका लागि कलेजले सबैलाई आह्वान गरेको छ ।

Share This
  • 1.2K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.2K
    Shares