‘टिन लिडर’को फाईनलकालागि दश जना छनौट

1.1K

‘टिन लिडर’को फाईनलकालागि दश जना छनौट

इन्टलेक्ट एजुकेशनल इन्टिच्यूसनको आयोजनामा भएको ‘टिन लिडर’को अडिसन सम्पन्न भएको छ । युवामा नेतृत्व बिकास गराउने उद्देश्यले आयोजना गरिएको पाँच नम्बर प्रदेश स्तरीय टिन लिडरको अडिसन राउण्डबाट प्रतिस्पर्धाकालागि १० जना छनौट भएको इन्टलेक्ट एजुकेशनल इन्टिच्यूसनका अध्यक्ष दिपक रोकाले जानकारी दिनुभयो ।
रुपन्देहीको योगिकुटी स्थित सगुन रिसोर्टमा भएको प्रतियोगितामा ५० जनाले प्रतिस्पर्धा गरेका थिए । राज केसीको सञ्चालनमा भएको प्रतियोगिताको अडिसन राउन्डमा निर्णायकमा डिल्लीनारायण पाण्डे, ईञ्जिनियर रबि रौनियार र नेहा अग्रवाल रहनु भएको थियो ।
कार्यक्रमलाई सम्वोधन गर्दै आयोजक सस्थाका अध्यक्ष रोकाले सामाजिक उत्तरदायीत्व वोध गरी युवाहरु माझ टिन लिडर कार्यक्रम ल्याइएको र आगामी दिनमा पनि यसलाई अझै परिकृत गरि अंगाडी बढाईने जानकारी गराउनु भयो । प्रतियोगिताको फाईनलकालागि अन्तिम दशमा छानिएकालाई ४ दिन तालिम प्रदान गरि फाईनल प्रतिस्पर्धामा प्रस्तुत गरिने संस्थाका प्रवन्ध निर्देशक मदनप्रसाद पन्थीले बताउनु भयो । फाईनल प्रतिस्पर्धा यहि फागुनको १७ गते बुटवलको सिद्धार्थ कटेजमा गरिने छ । उक्त प्रतियोगिताको बुटवलको बुद्ध टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने छ । फाईनलमा दिनेश डिसी सहितको टोलीले निर्णायकको भूमिका निर्वाह गर्ने उहाँले बताउनु भयो ।
प्रतियोगितामा टिन लिडरको उपाधि विजेतालाई ५१ हजार नगद पुरस्कार सहित ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै फस्ट रनर अफलाई १५ हजार र सेकेन्ड रनर अफलाई १० हजार नगद पुरस्कार सहित ट्रफि र प्रमाणपत्र प्रदान गरिने संस्थाका सञ्चालक राजु अर्यालले जानकारी गराउनु भयो ।