मगर दिवसमा आन्दोलन सहित सांस्कृतिक पर्वको रुपमा मनाउने तयारी

मगर दिवसमा आन्दोलन सहित सांस्कृतिक पर्वको रुपमा मनाउने तयारी

मगर संघको ३८ औं मगर एकता दिवसको अवसरमा नेपाल मगर संघ तिलोत्तमा नगर समितीले विविध साँस्कृतिक कार्यक्रम सहित मनाउने भएको छ । संघले रुपन्देहीको तिलोत्तमा–१४ बाउन्नकोटीमा आयोजना गर्ने वृहत साँस्कृतिक कार्यक्रममा चर्चित गायिका ज्योती मगरसहित अन्य राष्ट्रिय तथा स्थानीय कलाकारहरद्वारा मगर भाषा तथा सँस्कृती झल्कने खालका प्रस्तुतीहरु रहने अध्यक्ष प्रेमबहाुर थापाले जानकारी दिनुभयो ।
जातीय विभेदको अन्त्य तथा पूर्ण संघीयता, प्रथम सहिद लखन थापालाई प्रथम सहिदको दज्र्यानी दिन माग गर्नुका साथै मगर एकता दिवस फागुन १५ लाई राष्ट्रिय विदाको रुपमा घोषणा गर्न मागसहित दिवसलाई भव्य र सभ्य रुपमा आयोजना गर्न लागिएको सोमबार तिलोत्तमामा पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो । सो अवसरमा बोल्दै अध्यक्ष थापाले अझै पनि राज्यले मगर समुदाय र मगर सँस्कृतीलाई राज्यले सम्मान नगरेको गुनासो गर्नुभयो ।
नेपाल मगर संघकी केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्ष गिता सारु मगरले फागुन १५ साँगठनिक पर्व भएको बताउँदै मगर समुदायको राजनैतिक अधिकार प्राप्तिको रुपमा दिवसलाई प्रयोग गर्न आग्रह गर्नुभयो । मगर संघले दिवसलाई देश व्यापी रुपमा आन्दोलनको रुपमा मनाउने तयारी गरेको बताउँदै उहाँले प्रदेश पाँचको नामाकरण गर्दा मगर समुदायको पहिचान झल्कने गरि हुनु पर्ने पनि उल्लेख गर्नुभयो ।

Share This
  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares