लोकसेवा अध्ययन गर्नेहरुका लागि चिरपरिचित नाम हो अर्घाखाँची । सुरुसुरुमा गुल्मी र स्याङ्जाका कर्मचारीको हाबी भईरहने नेपालको प्रशासनिक नेतृत्वमा अहिले अर्घाखाँचीले पकड जमाएको छ । नेपालको स्थायी सरकारको रुपमा मानिने कर्मचारीतन्त्रमा अर्घाखाँचीका ब्यक्तिहरु नेतृत्वमा आएपछि अर्घाखाँचीको विकास निर्माणमा ठूलो सहयोग पुग्ने विश्वास त्यहाका आम नागरिकको छ । नीति कार्यान्वयनको उच्च तहमा जिल्लाबासी पुगेपछि जिल्लाको बिकासमा ठूलो सहयोग हुने एक शिक्षक सुशिल खनाले बताउनु भयो ।
पछिल्लो पटक केही दिन अंगाडी मात्रै कर्णाली प्रदेश प्रमुख सचिवमा टेकनारायण पाण्डे बढुवा भएसंगै अर्घाखाँचीबाट सचिव बन्नेहरुको संख्या ६ पुगेको छ । हाल अर्घाखाँची घर भई शहरी बिकास मन्त्रालयमा मधुसुदन अधिकारी, प्रधानमन्त्री कार्यालयमा डिल्लीराज घिमिरे, खानेपानी मन्त्रालयमा माधव वेलवासे, प्रदेश नं. २ को प्रमुख सचिव रामकृष्ण सुवेदी, सुदुरपश्चिम प्रदेश को प्रमुख सचिवमा बालकृष्ण घिमिरे र कर्णाली प्रदेशको प्रमुख सचिवमा टेकनारायण पाण्डे सचिव हुनुहुन्छ ।