बुटवल । भारतले नेपाल माथि गरेको नाकाबन्दीले नेपाली जनजीवन प्रभावित पारिरहेका बेला आपसी सद्भावको सन्देश दिनेगरी रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीले सद्भाव ¥याली गर्ने निर्णय गरेको छ ।
क्लवको बैठकले सोमबार बिहान सद्भाव ¥याली गर्ने निर्णय गरिएको कार्यक्रम संयोजक बिष्णु घिमिरेले जानकारी दिनुभयो ।
बिहान राजमार्ग चौराहाबाट सुरु गरिने ¥यालीमा हिमाल, पहाड, तराईमा बसोबास गर्ने सबै नेपाली र नेपालको राष्ट्रियताका सवालमा पनि सबै उत्तिकै उत्तरदायी रहेको सन्देश दिईने छ ।
छिमेकी दुई देश भारत र चीनको बिकास उचाई बढीरहेको बेलामा उनीहरुको बिकास पथलाई समातेर अंगाडी बढ्ने हो भने मुलुकको पनि बिकास गर्न सकिने र त्यसकालागि नेपालीहरु मिल्नुको बिकल्प नभएकाले सद्भावको सन्देश सहित ¥याली गर्न लागिएको क्लवका अध्यक्ष खिमानन्द भट्टराईले जानकारी दिनुभयो ।
बिहान साढे ८ बजे सुरु गरिने सद्भाव ¥यालीमा सहभागी हुन र शान्तिको सन्देश प्रवाह गर्नकालागि सबैलाई आग्रह गरिएको क्लवका पूर्व अध्यक्ष बालकृष्ण अर्यालले बताउनु भयो । सोही बैठकबाट आगामी वर्ष २०१६÷०१७ कालागि नविन प्रधानको अध्यक्षतामा बोर्ड गठन समेत गरिएको छ ।