पुस्तक आयातमा कर : नेबिसंघको बिरोध

1.1K

पुस्तक आयातमा कर : नेबिसंघको बिरोध

पुस्तक आयातमा सरकारले लगाएको करको बिरोध गर्दै नेपाल बिद्यार्थी संघले बुटवलमा प्रदर्शन गरेको छ । नेपाल बिद्यार्थी संघको निर्णय र निर्देशन अनुसार नेपाल बिद्यार्थी संघ सिद्धार्थ गौतमबुद्ध क्याम्पस बुटवलले पुस्तक आयातमा सरकारले लगाएको करको बिरोधमा प्रदर्शन गरिएको हो ।
बुटवलको सिद्धार्थ गौतमबुद्ध क्याम्पसले आईतबार क्याम्पसको मुल गेटमा बिरोध प्रदर्शन गरेको हो । बिहान ९ बजेदेखि आधा घण्टा भएको प्रदर्शनमा बोल्दै नेपाल बिद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेलले सरकारले निशुल्क शिक्षा प्रदान गर्नुपर्नेमा कर लगाएर शिक्षालाई जनताको पहुच झनै टाढा बनाएको आरोप लगाउनु भयो । उहाँले जनतालाई करको भार थोपरेर सरकारका मन्त्रीहरु भ्रष्टाचारमा लिप्त बनेकाले कर फिर्ता गरेर शिक्षालाई सबैको पहुँचमा पु¥याउन आग्रह गर्नुभयो ।
नेपाल बिद्यार्थी संघले मन्त्री परिसदको निर्णयले पुस्तकमा १० प्रतिशत, ईन्धनमा प्रतिलिटर १० रुपैंया लगाएको कर फिर्ता गर्न र स्वतन्त्र विद्यार्थी युनियनको तत्काल अधिवेशनको मिति तय गर्न समेत नेबिसंघले माग गरेको छ ।
पुस्तक तथा ईन्धनमा कर लगाएको तथा बालुवाटार जग्गा र मुद्रण पिन्टर खरिदमा अनियमितता गरेको भन्दै त्यसको बिरोधमा नेबिसंघले प्रदर्शन गरेको नेपाल बिद्यार्थी संघ सिद्धार्थ गौतमबुद्ध क्याम्पस बुटवलका इकाई सभापति महेश शर्मा पौडेलले जानकारी दिनुभयो । बिरोध प्रदर्शन कार्यक्रमको सञ्चालन इकाई सचिव दिपक घिमिरेले गर्नुभएको थियो ।