डिएसएम गर्न चाहानेलाई ओल्ड स्कूलको नयाँ अफर

1.1K

डिएसएम गर्न चाहानेलाई ओल्ड स्कूलको नयाँ अफर

ओल्ड स्कूल अफ टुरिजम एण्ड हस्पिटालीटी प्रालीले विद्यार्थीका लागि नयाँ अवसर ल्याएकोे छ । बुटवलको कालीकानगरमा रहेको ओल्ड स्कूलले डिप्लोमा इन होटल म्यानेजमेन्टका विद्यार्थीहरुका लागि नयाँ अवसर ल्याएको हो ।
जस अन्तर्गत एसईई तथा प्लस टु भ्याएर डिप्लोमा इन होटल म्यानेजमेन्ट (डिएसएम)को पढाई गर्न चाहाने विद्यार्थी तथा युवा युवतीलाई निः शुल्क बारिष्टा र मिक्सोलोजीको सिप सिकाईने ओल्ड स्कूलका संचालक विशाल श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार डिएसएममा मुख्य गरेर कुकिङ्, हाउस किपिङ्, फूड एण्ड बेभेरेज सर्भिस र फ्रन्ट अफिस समबन्धी पढाई हुने भएकाले विद्यार्थीलाई अझै बढि सिप र कला सिकाएर दक्ष बनाउने उद्येश्यले अब भर्ना हुने नयाँ तथा सिमित विद्यार्थीलाई यो नयाँ अवसर राखिएको हो ।
छोटो समयमा होटल तथा रेष्टुरेन्ट व्यवसायको क्षेत्रमा सफलता हाँसिल गर्न चाहाने तथा वैदेशिक रोजगारमा जान चाहानेलाई सम्बन्धी विषयमा सैदान्तीक शिक्षा सँगसँगै प्रयोगात्मक शिक्षामा पनि दक्ष बनाए विद्यार्थीको भविष्य उज्वल हुने उहाँको धारणा थियो । साथै आफ्नो संस्थाले मुख्य गरेर प्रयोगातमक शिक्षामा नै जोड दिने गरेको उहाँको भनाई छ ।
२०१७ सालमा स्थापना भएको यस संस्थाले डिएसएमका कक्षाहरु संचालन गर्दै आईरहेको छ भने सोही संस्थामा अध्यन गरेका विद्यार्थीहरुलाई होटल तथा रेष्टुरेन्ट व्यवसायको क्षेत्रमा स्वदेश तथा विभिन्न बाहिरी मुलुकमा रोजगारीको अवसर पनि दिईरहेको छ ।