रिब्दीकोटको कलासंस्कृति जगेर्ना गर्न भैरबस्थानमा दोस्रो ‘सांस्कृतिक महोत्सव’

रिब्दीकोटको कलासंस्कृति जगेर्ना गर्न भैरबस्थानमा दोस्रो ‘सांस्कृतिक महोत्सव’

पाल्पाको रिब्दीकोट गाउँपालिकाको कला संस्कृति जगेर्ना गर्ने उद्देश्यले साताव्यापी रुपमा ‘भैरबस्थान सांस्कृतिक महोत्सव’ आयोजना गरिएको छ ।
यहि फागुन २७ देखि चैत २ गतेसम्म हुने सांस्कृतिक महोत्सवमा रिब्दीकोट गाउँपालिकाका ८ वटै वडाका कलासंस्कृती प्रदर्शनी गरिनुका साथै ती कला संस्कृति संरक्षण र जगेर्नाकालागि आयोजना गरिएको सांस्कृतिक महोत्वस सम्पन्न गर्नकालागि गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी खनालको संयोजकत्वमा मुल समिति गठन गरिएको छ भने विषयगत उपसमितिहरु समेत गठन गरिएको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले जानकारी गराउनु भयो ।
सरकारले नेपाल भ्रमण वर्ष २०२० सञ्चालन गरिरहँदा गत ११ गते कार्यपालिकाको बैठकले भ्रमण वर्षलाई समेत लक्षित गरेर सांस्कृतिक महोत्सव गर्ने र त्यसको मुल समितिको संयोजकमा उपाध्याक्ष खनाललाई जिम्मेवारी दिने निर्णय गरेको थियो । यद्यपी चिनबाट फैलीएको कोरोना भाईरस संक्रमण नभित्रियोस भनेर सरकारले नेपाल भ्रमण वर्षका सबै कार्यक्रम स्थगित गरिसकेको छ ।
महोत्सवमा ८ वटै वडाबाट परम्परागत रुपमा खेली फागुको टोली सहभागि हुन संयोजक खनाले बताउनु भयो । उक्त सांस्कृति महोत्सवको प्रचारप्रसारकालागि गाउँपालिकाको टोली बुधबार प्रदेश राजधानी बुटवल आएको थियो । उक्त टोलीले बुटवलमा गरेको अन्तरक्रिया छलफल कार्यक्रममा पनि सहभागिहरुले पाल्पाको पर्यटन बिकासको प्रमुख धरोहर भैरवस्थान रहेको बताएका थिए । पाल्पाको पर्यटन प्रर्वद्धनकालागि रिब्दिकोटलाई केन्द्र बनाउनु पर्ने उनीहरुको भनाई थियो ।
पाल्पाका पूर्व जिल्ला बिकास समितिका सभापति झपेन्द्र जिसीका अनुसार बि.सं. १३६३ मा चंकिपुरबाट पाल्पा राज्य सञ्चालन भएको र पछि १५४९ मा रुद्र सेनले पूर्णाकोट सारेपछि त्यहिबाट पाल्पा राज्य सञ्चालन भएकाले पनि रिब्दिकोटको ऐतिहासिक रहेको बताउनु भयो । तत्कालिन राजा मणिमुकुन्द सेनले रुरुको ऋषिकेश मन्दिर, भैरवस्थान, प्रवाश शिवालय, तानसेनको सेनमाविको बटुक भैरव मन्दिर, माडीमा रुद्रेश्वर महादेव मन्दिर लगायतका धार्मिक स्थलहरु निर्माण गरेको उहाँले उल्लेख गर्नुभयो । पछि राज्य तानसेनमा सारियो । सेन बंसीय पाल्पा राज्य (पूर्णाकोट) रिब्दिकोट गाउपालिकाको वडा नं. ४ भैरवस्थानमा पर्दछ ।
त्यस्तै भैरवस्थान निवासी बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष नवराज श्रेष्ठले पाल्पाको भैरवस्थानलाई केन्द्रमा राखेर आर्थिक समृद्धिका धेरै काम गर्न सकिने बताउँदै त्यसकालागि गाउँपालिकाले बातावरण बनाउनु पर्ने भनाई राख्नुभयो । बुटवल र पाल्पा रिब्दिकोटको बिचमा अन्तर सम्बन्ध पनि धेरै प्रकारले रहेको बताउँदै गर्मिको समयमा समय व्यतिति गर्ने ठाउँको रुपमा बिकास गर्न सकिने उल्लेख गर्दै उहाँले त्यसकालागि यातायातको बिकास गर्नुपर्ने भनाई राख्नुभयो ।
त्यस अवसरमा गाउँपालिकाका अध्यक्ष जिसी तथा भैरवस्थानका बुद्धिजिवी मेघराज पौडेलले त्यस क्षेत्रको बिकासकालागि गाउँपालिका मात्रै भन्दा पनि त्यस गाउँपालिकासंग अन्तरसम्बन्ध भएका लगानीकर्ताहरुलाई थोरै भएपनि लगानी बिस्तारका लागि आग्रह गर्नुभयो ।
सांस्कृतिक महोत्सवको पहिलो दिन फागुन २७ गते उद्घाटन सहित परम्परागत होली (फाहु)को झाँकी प्रदर्शन गरिने छ । त्यस्तै २८ गते रक्तदान, २९ गते सरसफाई, ३० गते बिद्यालय स्तरीय नृत्य प्रतियोगिता, १ गते सेन सर्किट निर्माणकालागि सेनकालीन राज्यसंग सम्बन्धित संघसंस्थासंग अन्तरक्रिया कार्यक्रम गरिने र २ गते बिभिन्न कला संस्कृतिका झाँकी सहितको ¥याली, सभा तथा सम्मानको कार्यक्रम रहेको संयोजक खनालले जानकारी गराउनु भयो ।

Share This
  • 197
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    197
    Shares