गत फागुन १२ गते मन्त्रिपरिषदको निर्यायबाट भक्तपुरको ख्वप कलेज अफ ईञ्जिनियरिङ्लाई नयाँ कार्यक्रम सञ्चालन गर्न दिएको अनुमति प्रति त्रिभूवन विश्वबिद्यालय प्राध्यापक संघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
उक्त निर्णयले क्याम्पस तथा विभागहरुलाई सम्बन्धन दिने तथा कार्यक्रम गर्ने गराउने विश्वबिद्यालयको अधिकारमाथि प्रहार भएको र विश्वबिद्यालयप्रतिको स्वायत्तताको अन्तर्राष्ट्रिय मुल्य मान्यतालाई समेत ख्यान नगरि यस्ता निर्णय हुँदै आएको संघका सभापति डा. बसन्त ढकाल र महासचिव केशवराज शर्माले बुधबार जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
उक्त विज्ञप्तीमा यस्ता कार्यक्रमहरु स्कृति दिन विश्वबिद्यालयले विज्ञ टोलीबाट सम्बन्धित क्याम्पसको अध्ययन गराई उक्त टोलीको सिफारिसका अधारमा स्वीकृति दिने अन्तिम अधिकार त्रिभूवन विश्वबिद्यालयमा रहेको स्मरण गराउँदै त्रिबिको संगठन तथा शैक्षिक प्रशासनसम्बन्धि नियममा उल्लेख भएको व्यबस्थालाई वेवास्ता गरि निर्णय भएकोमा आपत्ति प्रकट सहित संघले नेपाल सरकारको ध्यानाकर्षण गराएको हो ।