पाल्पा रामपुरका नगर प्रमुख थापाको तलवभत्ता सामाजिक क्षेत्रमा खर्च

1.3K

पाल्पा रामपुरका नगर प्रमुख थापाको तलवभत्ता सामाजिक क्षेत्रमा खर्च

सुशीला रेग्मी /
पाल्पाको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले आफुले पाउने तलवभत्ता सामाजिक क्षेत्रमा खर्चनु भएको छ । नगरप्रमुख थापाले आफुले पाएको २७ महिनाको तलव रामपुरको गौशालाको स्तरोन्नतीका लागि सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
उहाँले गौमाताको संरक्षण र गौशालाको स्तरोन्नतीका लागि २७ महिनाको तलवभत्ता नौ लाख नौ सय नौ रुपैयाँ बराबरको रकम सहयोग गर्ने बताउनुभयो । “आफुले पाएको तलवभक्ता मैले चुनाव अघि नै सामाजिक क्षेत्रमा खर्चने वाचा गरेको थिए, मैले पाउने तलवभक्ताले सामाजिक विकास र अशक्तको लागि केही भएपनि राहत पुग्नेछ भनी सहयोग गरेको हु” नगर प्रमुख थापाले भन्नुभयो ।
जनताले दिएको माया, साथ सहयोगलाई आत्मसात् गर्दै सेवाको भावना राखेर नितान्त सामाजिक हितमा काम गरी नगरको सिंगो विकासमा लागेको उहाँले बताउनुभयो । नगरप्रमुख थापाले अपाङ्गता भएका व्यक्ति, असहाय गरिव परिवारमा पनि सहयोग गर्दै आउनुभएको छ । उहाँले सामाजिक संघ संस्थामा व्यक्तिगत तर्फबाट पनि रकम सहयोग गर्नुभएको छ ।
रामपुर नगरपालिका वडा नं ६ स्थित तातोपानीधाममा नगरको सहयोगमा गौशाला निर्माण गरिएको छ । रामपुर क्षेत्रमा छाडा छाडिएका गाईलाई व्यवस्थापन गर्न र पछिल्लो समय हिन्दुधर्म अनुसार पवित्र मानिने गाई हेयका रुपमा हेरिन थालेपछि नगरले गौशाला निर्माण गरेको हो । गौशालाको थप स्तरोन्नती गर्नका लागि नगर प्रमुख थापाले आफुले पाउने तलबभक्ता सहयोग गर्नुभएको हो ।