नेपाली काँग्रेसका युवानेता विष्णु पोखरेलले आफ्नो जन्मदिनको अवसरमा अनाथलाई खाना खुवाउनु भएको छ । उहाँले आफ्नो जन्मदिनको दिन शनिबार मानव सेवा आश्रम बुटवलमा रहेका अनाथलाई खाना खुवाउनु भएको हो ।
हाल मानव सेवा आश्रम बुटवलमा करिव १८० जना सडक मावनले आश्रय लिईरहेका छन् । त्यस अवसरमा नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा पूर्व मन्त्री अब्दुल रज्जाकले सामाजिक सेवा नेपाली काँग्रेसको संस्कार नै भएको बताउँदै पार्टीका नेता कार्यकर्तालाई आफूले जति सकिन्छ सोही अनुसार सामाजिक काममा अग्रसर हुन आग्रह गर्नुभयो । उहाँले जन्मदिनमा असाहाय व्यक्तिलाई खाना खुवाएकोमा प्रशंसा गर्दै अझै धेरै समाज सेवा गर्ने प्रेरणा मिलोस भन्ने शुभकामना व्यक्त गर्नुभयो ।
त्यस अवसरमा बोल्दै नेता पोखरेलले नेपाली परम्परागत संस्कारलाई जगेर्ना गर्न र बिशेष अवसरमा सामाजिक काममा लाग्न युवाहरुलाई प्रेरणा प्रदान गर्नकालागि आश्रममा आश्रय लिएका अनाथलाई खाना खुवाएको बताउनु भयो । उहाँले एक व्यक्तिको सहयोगले केही पनि हुन नसक्ने बताउँदै यस्ता सहयोगका काममा सबैले थोरै थोरै गर्ने हो भने प्रयाप्त हुने पनि उल्लेख गर्नुभयो । उक्त कार्यक्रममा नेता पोखरेलको परिवार सहित पार्टीका नेताहरु, सुभेच्छुकहरुको सहभागिता रहेको थियो ।