काठमाण्डौँ बाफलको बनहार्ट कलेजलाई अनुदान आयोगबाट ‘क्यूएए सर्टि्फिकेट’

1.3K

काठमाण्डौँ बाफलको बनहार्ट कलेजलाई अनुदान आयोगबाट ‘क्यूएए सर्टि्फिकेट’

शिक्षा मन्त्रालयबाट यसवर्ष उत्कृष्ट निजी महाविद्यालयका रुपमा परस्कृत काठमाण्डौँ बाफलको बर्नहार्ट कलेज उच्च शिक्षा सञ्चालन गर्नेमध्ये नीजि क्षेत्रमै पहिलो गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र (क्यूएए सर्टि्फिकेट ) पाउन सफल भएको छ ।
अनुदान आयोगबाट सञ्चालित उच्च शिक्षाको गुणतस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणालीमा आवद्ध भई संस्थागत गुणस्तर मूल्याकंनका सबै चरण पुरा गरेपछि बर्नहार्ट कलेजले क्यूएए प्रमाणपत्र प्राप्त गरेको हो । विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा डा भीमप्रसाद सुवेदीले आयोगमा शुक्रबार आयोजित कार्यक्रममा क्याम्पस प्रमुख सहदेव सिग्देललाई क्यूएए सर्टि्फिकेट प्रदान गर्नुभयो ।
“त्रिवि सम्बन्धनमा सञ्चालित उच्च शैक्षिक सस्थामध्ये क्यूएए सर्टि्फिकेट पाउने बर्नहार्ट पहिलो नीजि कलेज हो,” शनिबार कलेजमा आयोजित पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख सहदेव सिग्देलले भन्नुभयो । त्रिवि सम्बन्धनमा देशभर एकहजार चारसय कलेज सञ्चालित छन् तीमध्ये अधिकाश नीजि छन् ।
कलेजमा नियमित हुने पठनपाठनको गुणस्तर, आधुनिक प्रयोगशाला तथा पुस्तकालय, कलेज छाडेपछि हुने जागिरको प्रत्याभूति, कलेजको वातावरण, पढाई योजना लगायतका सूचकांकका स्थलगत एव प्राज्ञिक अनुगमनका आधारमा उक्त प्रमाणपत्र दिइने बताइएको छ । विश्वभरिनै विद्यार्थीको पहिलो रोजाइ केन्द्रीय विश्वविद्यालय, दोस्रो स्टेट, तेस्रो सामुदायिक र चौथौँ नीजि हुने गर्दछ । क्यूएए सर्टि्फिकेटले गुणस्तरीय शिक्षा पढ्न चाहनेलाई विश्वको जुनसुकै ठाउँमा गएपनि सरल र सहज हुनेछ ।
“क्यूएए सर्टि्फिकेट प्राप्त भएसँगै आगामी दिनमा गुणस्तरीय उच्च शिक्षा सेवा प्रदान गर्ने कलेजको उद्येश्यमा थप उत्साह र उर्जा मिलेको छ,” क्याम्पस प्रमुख सिग्देलले खुशी हु्ँदै भन्नुभयो । त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित विसं २०६० मा स्थापित सो कलेजमा व्यवस्थापन, मानवीकी र विज्ञान विषयमा स्नातक तथा स्नातकोत्तर तहमा गरी करिब पाँचसय विद्यार्थी अध्ययनरत छन् । बीएस्सी, सीएसआइटी, बीसीए, बीबीएम, बीबीएस, बीएएसडब्लु र एमबीएसको सो कलेजमा पठनपाठन हुन्छ । क्यूएए सर्टि्फिकेट पाँच वर्षको लागि हो ।
कलेजले पीअर रीभ्यू जोर्नल प्रकाशन गर्ने तयारी गरेको छ । भ्यालु एडेड कक्षा, प्लेसमेण्ट, तालिम र काउन्सिलीङका काम पनि नियमित कलेजमा हुने जनाइएको छ । विद्यार्थीको सीप र दक्षता बढाउन राष्ट्रिय बर्नह्याक २०२० कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको सो कलेजका प्रायः कक्षा कोठामा मल्टीमिडिया छ । सामूहिक छलफल, व्यवस्थित पुस्तकालय, प्राज्ञिक क्यालेण्डर, इ लाइब्रेरी, पाठयोजना, विद्यार्थीको प्रस्तुति, अनुसन्धान कार्यमा विद्यार्थी सरिक हुने गर्छन् ।