गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणकालागि एन.बि.आर.को सहयोग

1.2K

गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणकालागि एन.बि.आर.को सहयोग

सामाजिक सञ्जाल फेसबुक ग्रुप नेपलिज ब्रदर्श रुम (एन.बि.आए.)ले निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणकालागि आर्थिक सहयोग प्रदान गरेको छ । एन.बि.आर.को देश तथा बिदेशमा रहेका युवाहरुबाट संकलित १ लाख ६७ हजार ३९९ रुपैयाँ रंगशाला निर्माणकालागि सहयोग गरिएको ग्रुपका रुपन्देही संयोज राजु टण्डनले जानकारी दिनुभयो । उक्त सहयोग हस्तान्तरणसैगै सञ्जालमा रहेका सदस्यहरुले एक दिन श्रमदान समेत गरेका छन् ।
उक्त सहयोग रकम रंगशाला निर्माणका अभियान्ता तथा हास्य कलाकार कुञ्जना घिमिरे (सुन्तली)लाई हस्तान्तरण गरिएको हो । विगत केहीवर्षदेखि सामाजिक सेवामा समर्पित सामाजिक सञ्जाल फेसबुक ग्रुप एनबिआरले बिभिन्न क्षेत्रमा सहयोगका काम गर्दै आएको छ । एनबिआरले विश्वभरी छरिएर रहेका नेपाली युवाहरूलाई एकिकृत गरि स्थापनाकालदेखि आपसी भाइचारा र सद्भाव कायम गर्नुकासाथै नेपाली समाजको सामाजिक, सांस्कृतिक, आर्थिक लगायत समग्र विकास, संरक्षण र संवद्र्धनको लागि सहयोगी हातहरूका माध्यमबाट नेपाली समाजमा सहयोग गर्दै आएको छ ।
उक्त सहयोगकालागि विश्वभरी रहेका युवा सहित एन बि आर पाल्पा, बुटवल, चितवन तथा अन्य जिल्लाका सदयस्हरुको सहभागिता रहेको थियो । कार्यक्रममा एन बि आर का तर्फबाट शिब थापाले समाजको आवश्यकता अनुसारको सकरात्मक संदेश दिने, सामाजिक विकास संगै विपद व्यवस्थापनमा स्थापना कालदेखि नै विभिन्न कार्यक्रम गरेको र गर्दै जाने जानकारी गराउनु भयो । बाढी, पहिरो, हावाहुरी आदि जस्ता प्रकृतिक प्रकोप पछिको राहात तथा उद्धारको लागि एनबिआरले विभिन्न गतिविधि संचान गर्दै आईरहेको छ ।
धुर्मुश सुन्तली फाउन्डेसनको तर्फबाट कुञ्जना घिमिरेले जनस्तरबाट प्राप्त संयोजनमा चितवनमा बन्न लागेको रंगशाला निर्माणको लागि सहयोग जुटाउदै निर्माण कार्यलाई अगाडि बढाउने जानकारी गराउँदै सहयोगी हातहरुकालागि धन्यवाद ज्ञापन गरनुभयो ।