आगामी बिहिबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) नरोकिने भएको छ । पर्सी बिहिबारदेखि सुरु हुने एसईई परीक्षाको सबै तयारी पुरा भएको र नियमित रुपमा सञ्चालन हुने शिक्षा, बिज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले बताउनु भएको छ ।
चैत ६ देखि १७ सम्म हुने परीक्षामा देशभरका कुल ४ लाख ८२ हजार २१९ परीक्षार्थी सहभागी हुँदैछन् । त्यसकालागि देशभर १ हजार ९९५ परीक्षा केन्द्र तोकिएको छ । सम्भावित कोरोना भाईरसको संक्रमण हुन नदिनकालागि पर्याप्त सावधानी अपनाएर परिक्षा सञ्चालन गर्न लागिएको बताउँदै मन्त्री पोखरेलले परीक्षाअवधिभर प्रत्येक परीक्षा केन्द्रमा स्वास्थ्य सहायताकालागि हेल्प डेस्क राख्नकालागि पनि ७५३ वटै स्थानीय तहलाई अनुरोध गरिएको बताउनु भयो ।
त्यस्तै बिद्यार्थीई अरु कसैसंग पनि हात नमिलाउन, साबुनपानीले हात धुन, मास्क प्रयोग गर्न, अनावश्यक भिडभाड नगर्न समेत अपिल गरिएको छ ।
त्यसबाहेक बिद्यालयका अन्य परीक्षा नगर्न, बिद्यार्थी भर्ना, सांस्कृतिक कार्यक्रम, अभिभावक दिवस, नतिजा सार्वजनिक कार्यक्रम, प्रवेश परीक्षा, भर्ना लगायतका कार्यक्रमका नाममा भिडभाड नगर्न पनि मन्त्रालयले अपिल गरेको छ ।