कोरोना भाईरस संक्रमण भित्रिन रोक्न जनचेतना जगाउँदै एस्कोनद्वारा पर्चा वितरण

1.2K

कोरोना भाईरस संक्रमण भित्रिन रोक्न जनचेतना जगाउँदै एस्कोनद्वारा पर्चा वितरण

एक्टिभ सोशियल सर्कल अफ नेपाल (एस्कोन) रुपन्देहीले बिश्वव्यापी महामारीको रुपमा फैलिएको कारोना भाईरस (कोभिड १९) को संक्रमण भित्रिन नदिनकालागि प्रचारात्मक कार्यक्रम गरेको छ ।
छिमेकी मुलुक चिनबाट सुरु भएको कोरोना भाईरस अहिले विश्वमा महामारिको रुपमा फैलिएको र नेपालमा पनि यसको संक्रमण हुने सम्भावना बढी भएकाले त्यसबाट जोखिनकालागि अपनाउन सकिने उपायहरु लेखिएको पर्चा पम्पलेट वितरण गरिएको एस्कोन रुपन्देहीका अध्यक्ष खेम जिसीले जानकारी दिनुभयो ।
एस्कोनले बुधबार प्रदेश पाँचको अस्थायी राजधानी बुटवलको ट्राफिकचोक, अस्पताल लाईन, बसपार्क क्षेत्रमा करिव ५ हजार पर्चा पम्पलेट वितरण गरिएको संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहकार नारायण नेपालले जानकारी गराउनु भयो । जनेतनाको अभावमा कसैले पनि कोरोना भाईरसबाट संक्रमित हुन नपरोस भनेर जनचेतना अभिबृद्धिकालागि सन्देशमुलक पर्चा वितरण गरिएको संस्थाका निवर्तमान अध्यक्ष केदार खनालले बताउनु भयो ।