महिला हिंसा विरुद्ध बुटवलमा बृहत –याली

946

महिला हिंसा विरुद्ध बुटवलमा बृहत –याली

राम प्रसाद भण्डारी

 

m

बुटवल,मंसिर । महिला हिसां विरुद्ध बुटवलमा आज विभिन्न संघसस्थाहरुले बृहद यालि सम्पन्न गरेका छन् । १६ दिने म्हिला हिसां विरुद्ध अभियान अन्तगर्त यालि निकालिएको आयोजकले बताएको छ । हरेक बर्ष महिला हिसां विरुद्धका कार्यक्रमहरु सञ्चालन भएपनि अझै महिलाहरु हिंसा मुक्त हुन नसकेको भन्दै महिलाको क्षेत्रमा काम गरीरहेका विभिन्न संघसस्थाहरुले यसको विरुद्धमा सामुहिक यालि निकालेका हुन् । सोमबार बिहान बुटवलको राजमार्ग चौराहादेखि सुरु भएको यालि मिलनचोक , अस्पताल लाईन हुदै ट्राफिक चोकमा पुगेर सभामा परिणत भएको थियो । यालिमा रेडियो मुक्ति , कदम नेपाल ,सञ्चारीका समुह लुम्बिनि, क्रियासिल पत्राकार महिला सकुह , स्कर्लस होम बोर्डिङ् स्कुल , लिड्स कलेज , मानव अधिकार तथा रक्षक सञ्जाल रुपन्देहि ,सेतो गुराँस लगाएतका संघ सस्थाहरुको सहभागिता रहेको थियो ।

हरेक क्षेत्रमा महिलाहरुको समान सहभागिता हुनुपर्ने ,महिलाहरुको प्रजनन ,स्वास्थ्य ,सिक्षा लगाएतका क्षत्रमा निर्णय गर्ने अधिकार महिलामा हुनुपर्ने लगाएतका प्ले कार्ड बोकेर महिलाहरुको माथि हुने सबै हिसांको अन्त्य हुनुपर्ने नारा लगाइैएको थियो । साथै महिला र पुरुष विचको विभेदको अन्त्य गर्न समान अवसर दिनुपर्ने सन्देस सहित विभिन्न संघ सस्थाका पुरुषहरु , सुभेच्छुकहरु ,विधालयका विधार्थि ,शिक्षकहरु सहभागि भएका थिए ।

कदम नेपाल रुपन्देहिका संयोजक ईन्दिरा आचार्यको अधक्ष्यतामा भएको कार्यक्रममा आयोजकको तर्फबाट ईन्दिरा आचार्यले महिला हिसां को अन्त्यको लागि सबै महिलाहरु एकजुट भएर लागे मात्र अन्त्य हुने र घरमा समान र सान्त भए बाहिर असमान र हिसांको वातावरण सिर्जना नहुने बताउनुभयो । स्वागत मन्तव्य राख्दै महिला समानताकालागि सञ्चार अभियान द्धारा सञ्चालित रेडियो मुक्तिका अधक्ष्य सावित्रा अर्यालले पछिल्लो समयमा हिसांका घटनाहरु बाहिर आएपनि अझै खुलेर आउन नसकको बताउनुभयो । उहाँले महिलाहरुको बिषयवस्तुहरुलाई गहन रुपमा नलिने हुनाले यस्तो भएको बताउनुभयो । कार्यक्रममा स्थानिय शान्ति समाजका रुपन्देहि संयोजक ज्ञानु पौडेल , मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिव गोविन्द खनाल ,स्कलर्स होम बाल क्लबका अधक्ष्य प्रीयंका तुलाचन, सञ्चारीका समुह लुम्बिनिका महासचिव निरु गौतम लगाएतले महिलाहरुमाथि हुने धेरै हिसांहरु घरपरिवार बाट हुने हुदा घरैबाट यसको अन्त्यको सुरुवात गर्नुपर्ने बताएका थिए ।