कारोना (कोभिड १९) नियन्त्रणमा देखिएका चुनैति र नियन्त्रण पछिको भविष्य

1.5K

कारोना (कोभिड १९) नियन्त्रणमा देखिएका चुनैति र नियन्त्रण पछिको भविष्य

हुमकान्त पाठक /

यतिबेला कारोना भाइरसको संक्रमणबाट विश्व जनसमुदाय आतंकीत बनेको छ । २०१९ ई.सं. को अन्त्य तिरबाट सुरुभएको भाइरस महामारी नियन्त्रण भन्दा पनि अनियन्त्रीत अवस्था तिर मोडियको अनुमान लगाउन सकिन्छ । सर्वसक्तिमान राष्ट्रहरु नै सबैभन्दा बढि मारमा परेको र त्यहां उपलब्ध सो्रत साधनका बाबजुत पनि कारोना नियन्त्रण मा उनिहरुले भोगेका चुनौतिहरु देख्दा गरीब र विकासोन्मुख राष्ट्रहरु भाइरस भन्दापनि यसको संक्रमण बढदै गएमा त्यसले उत्तपन्न गर्ने भयाबहको स्थीति पुर्वानुमान गरी आतंकित बनेको देखिन्छ ।
विश्व स्वास्थय संगठनले नेपालाई पनि कोरोना भाइरसको उच्च जोखिममा रहेको प्रक्षेपण गरेपछि र छिमेकी मित्रराष्ट चिननै यसको उदगम स्थल भएकोले पनि यहांका जनसमुदायमा यस्तो महामारीको चिन्तन हुनु स्वभावीकै छ । विश्व समुदायमा भाइरसले पुरयाएको प्रभाव र नेपालमा यसको संक्रमण तुलना गर्दा हामीले केही राहतको सास फेरेको अनुभव छ तर यस भाइरस संग जुध्न सरकारको तयारी र उपलब्ध श्रा्ेत साधन तथा स्वास्थ्य क्षेत्रमा देखिएको विकृतिहरु हेर्दा कोरोना भाइरसको संक्रमण बढदै गएमा यहांको भयाबह स्थीतिको सजीलै पुर्वानुमान गर्न सकिन्छ । आशा गरौं यस्तो स्थीतिको सामना गर्न पर्नेछैन ।
कोरोना संग लडन सरकारका्े तयारीनै नभएका्े भने होईन, सिमाना हरुबन्द, हवाई आगमन बन्द तथा समयमै लकडाउन को घोषणा जस्ता बाहेक अन्य प्रभावकारी कदम हरु सरकारबाट भएको अनुभुती जनतालाई भएको छैन । विश्वभरु दशौ लाख मानिसमा संक्रमण फैलिईसक्दा पनि उच्च जोखिममा हेरीएको हाम्रो देशमा अहिले सम्म ११ सयको हाराहारीमा मात्र नमुना परीक्षण हुनु, नमुना परीक्षण नहुदै आशंका गरीएका बिरामीको मृत्यु हुनु, निजि तथा सरकारी अस्पतालहरुले संकास्पद बिरामीहरुलाई सहजै उपचारको व्यवस्था गर्न नसक्नु र केही दिनको अन्तरालमा नयां संक्रमितहरु फे्ला पर्नुले पनि यस महामारीले नेपालमा पार्न सक्ने दिर्घकालिन असरको सहजै अनुमान गर्न नसकिने अवस्था छ । न्युनतम आधारभुत स्वास्थ्य सुविधाको सुनिश्चीतता बिनानै क्वारेन्टाईन र आईसोलेसन स्थापना गरी अन्य रोगबाट ग्रसित व्यक्तिहरुलाई पनि जबरजस्थी त्यस्ता ठांउमा भर्ना गरी अकालमै ज्यान गुमाउन परेका पछिल्ला केही घटनाहरुले पनि कोरोनाको लक्षण देखिएका जनता अस्पताल जाने भन्दा लक्षण लुकाएर बस्ने सम्भावना बढे्को देखिन्छ जुन कारोना संक्रमणको महामारीको लागि थप सहायोगी देखिन्छ । महामारीले कुन रुप लिन्छ त्यसको पुर्वानुमान त सहजै गर्न नसकिने अवस्था छ तर कोरोना संक्रमण रोक्न सरकारले चाल्ेका पछिल्ला कदमहरुलाई जनताले साथ दिनुपर्ने देखिन्छ । लकडाउनको समयमा संयमभई जो जहां छौं त्यही बस्नुं कोरोना नियन्त्रणको अचुक औषधी भएको अन्य देशहरुले चालेका कदमहरुबाट पनि बुझन सकिन्छ ।
कोरोना महामारीले विश्वलाई आक्रमण गरीसक्दा र त्यसबाट जुध्ने पुर्वतयारीको लागि प्रसस्त समय हुंदा पनी न्युनतम आवश्यक स्वास्थय उपकरण तथा औषधीको जोहो गर्न नसक्नु सरकारको कमजोर पक्ष हो । महामारीको बेलामा अत्यावश्यक सामान खरिद गर्दा भष्ट्रचारको प्रश्न उठनु वास्तवमै दुखद छ ।
देश विकसीत अव अविकसीत जे होस सबै नागरीकको बांच्ने चाहना हुन्छ त्यसैले पनि यो बिषम परिस्थीतीमा सरकारका हरेका निकायहरुले भ्रष्टचारको गन्ध नआउने गरी आफना कार्यक्रम लाई अगाडी बढाउनु पर्ने देखिन्छ, पक्ष प्रतिपक्ष केही नभनी सबै राजनैतिक दल, कार्यकर्ता तथा जनताले एक आपसमा समन्वयव गरी जेजती उपलब्ध श्रोत साधन छन तिनको प्रभावकारी प्रयोग गर्ने र कोरोना संग लडन एक्एबद्धता भएर अगाडी बढाउन आवश्यक छ ।
रात पछि दिन अवश्य आउने छ आशा गरौं यो महामारीबाट विश्वले छिटटै निकास पाउने छ र सबैको जिवन सामान्य हुंदै जानेछ तर कारोनाको महामारीले विश्व अर्थतन्त्र र व्यवस्थालाई नमिठो छाप भने छोडेर जाने निश्चीत छ । यसको अछुतो नेपाल पनि रहने छैन । यो महामारीबाट रोजगारीको लागि वैदेशिक रोजगारमा रहेका लाखौं नेपाली कामदारको रोजगारी धरापमा छ, देशको अर्थतन्त्रमा ठुलो स्थान ओगटेको रेमिटेन्स घटने निश्चीत छ, उद्योग धन्दा तथा व्यापार व्यवसाय बन्द हुंदा यसले अर्थतन्त्रमा दिर्घकालिन असर पार्ने देखिन्छ । नेपाल राष्ट्र बैंकले वर्तमान अवस्थालाई हेरेर ऋण तिर्ने समय अवधि र व्याज छुटका केही योजना अगाडि सार्नु सकारात्मक छ तर यस संक्रमणबाट प्रत्यक्ष मारमा परेको व्यापार व्यवसाय, उद्योग धन्दा तथा कलकारखाना हरुलाई आर्थिक मसान्त (आषाढ) मा व्ययभार बढन गई त्यसले कर्जा जोखिम निम्त्याउन सक्ने सहजै अनुमान गर्न सकिन्छ ।
यस महामारीको स्थीती बाट छिटो पार पउनुे सबैको चाहना छ र आशा गरौं त्यसमा विश्व जनसमुदाय सफल पनि हुने छ । यस महामारीले दिर्घकालिन फाईदा पुग्ने खालका केही पाठहरु भने अवश्य पढाउने छ र त्यसलाई सकारात्मक रुपमा लिन सके नेपालको पनि भलाई हुने देखिन्छ । विदेशमा बिताएका र स्वदेशमै गई केही गरौं भन्ने सोंच बोकेका तर स्वदेश फर्कने निर्णय गरीहाल्न नसकेका लाखौं युवाहरु यो महामारीको अवस्था समान्य भएपश्च्यात देश फर्कने निश्चीत छ । त्यस्ता युवाहरुलाई स्वदेशमै व्यवासय गर्ने वातावरण सृजना गर्नसके महमारीबाट रेमिटेन्समा पुग्ने क्षती त्यसबाट पुर्ती गर्न सकिने छ । अत्याधुनीक निजि अस्पतालहरुलाई सके सरकारीकरण गर्ने नसके सरकारी अस्पतालहलाई अत्याधुनीक सुविधा सम्पन्न बनाउन तर्फ सरकारको ध्यान पुग्नेछ, आफ्नो व्याक्तिगत स्वस्थ्य तथा सरसफाईमा आम नागरीकलाई सचेत बनाउने छ साथै प्राकृतिक प्रकोप तथा यस्तै अन्य महामारी संग जुध्न न्युनतम तयारीमा लाग्न सरकारलाई उत्तरदायी बनाउने छ ।
यो समय भविष्यमा पर्नसक्ने समस्यामा मात्र चिन्तन गर्ने भन्दा पनि यो महामारीलाई कसरी नियन्त्रण गर्ने र थप क्षती हुन नदिने उपायको अवलम्बन गर्ने समय हो । ज्यान गोजाउन सकिए अर्थतन्त्र र जिवन शैलिलाई भने विस्तारै गतिदिन सकिने छ । त्यसैले यो भाईरसबाट बच्ने आधारभुत उपायको सबैले अवलम्बन गरौं र सरकारलाई यसतर्फ उत्तरदायी हुन सबैले सकारात्मक दबाब सिर्जना गरौं ।