बुटवल २५ चैत्र /कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले कक्षा ११ र १२ को परीक्षा स्थगित गरेको छ ।
कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गतेबाट र ११ को परीक्षा बैशाख २१ गतेबाट सुरु गर्ने कार्यतालिका थियो ।
तर राष्ट्रिय परीक्षा बोर्डले यी दुवै परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको जनाएको छ ।
बोर्डले प्रदेश परीक्षा व्यवस्थापन कार्यालय तथा शाखा कार्यालयहरुलाई सोही अनुसार गर्न निर्देश गरेको छ ।