नगरप्याब्सन बुटवलद्वारा नगरपालिकालाई राहत रकम प्रदान

847

नगरप्याब्सन बुटवलद्वारा नगरपालिकालाई राहत रकम प्रदान

बुटवल ,१० बैशाख ।निजि तथा आबासिय बिद्यालय अर्गनाइजेसन ( प्याब्सन ) बुटवल नगर समितिद्वारा बुधबार बुटवल उपमहानगरपालिकाको बिपत कोषमा ५ लाख ७२ हजार ५ सय ५५ रुपैया प्रदान गरेको छ ।

प्याब्सन बुटवलका अध्यक्ष कुलराज शर्माको नेतुत्वमा गएको टोलिले एक समारोह बीच नगर प्रमुख शिबराज सुबेदीलाई राहत रकमको चेक हस्तान्तरण गर्नु भएको थियो । प्याब्सनमा आबद्ध रहेका बुटवल नगरक्षेत्र भित्रका निजी बिद्यालयहरुले संकलन गरेको एकमुष्ट रकम कोरोना भाइरसको महामारीमा बिपत्तिमा परेका बिपन्न नागरिकको सहयोगका लागि सो रकम प्रदान गरिएको नगर अध्यक्ष शर्माले जानकारी दिनुभएको छ ।

चेक हस्तान्तरण कार्यक्रममा नगरप्रमुख शुबेदीले बिपन्न नागरिकका लागि भनी प्रदान गरिएको रकमले नगरपालिकालाई आफ्नो नगरका बिपन्न नागरिकलाई सहयोगका लागि टेवा पुग्ने धारणा राख्नुभएको थियो ।कार्यक्रममा प्याब्सनका केन्द्रियसदस्य टिकाराम न्यौपाने लगाएतको सहभागिता रहेको थियो

राहत रकम प्रदान कार्यक्रमको संचालन सचिब मित्र हरी आचार्यले गर्नु भएको थियो ।त्यसैगरी प्याब्सन केन्द्रिय समितिको राहत कोषका लागि पनि नगर समितिले आफ्नो मातहतका बिधालयबाट थप रकम समेत संकलन गरेको छ।