विपतमा परेका ९३ जनालाई पोखरेलले उद्धार गरे

विपतमा परेका ९३ जनालाई  पोखरेलले उद्धार गरे

प्युठान बैशाख १७ । कोरोना भाइरसका कारण जारी लकडाउनका कारण बिपतमा परेका मजदूर तथा बिध्यार्थीलाई उद्धार गर्ने प्यूठान कांग्रेस नीति अनुसार कांग्रेस युवा नेता तथा महाधिवेशन प्रतिनिधी प्रमोद पोखरेलले ९३ जनालार्इ उद्धार गरेका छन् । राजधानी काठमाडौंबाट ८१ जना र बुटवलबाट १२ जना बिपतमा परेका मजदुर तथा बिध्यार्थीलार्इ ५०५ भाडा सहुलियतमा उद्दार गरिएको युवा नेता पोखरेलले बताए ।

प्यूठानको झिमरुक गाउँपालीका ५६ जना, मल्लरानी गाउँपाँलिकाका २२ जना, प्यूठान नगरपालिका नौ का तीन जना, गौमुखी गाउँपालिकाका चार जना, नौबहिनी गाउँपालिकाका १ जना, स्वर्गद्वारी नगरपालिकाका पाँच जना र छिमेकी जिल्ला गुल्मी र अर्घाखाँचीका एक एक जना गरी जम्मा ९३ जनालाइँ पोखरेलको सहयोगमा उद्धार गरिएको हो ।प्यूठानका अन्य स्थानीयतहले आफ्ना नागरिक उद्धार गरिरहे पनि झिमरुक गाउँपालिका सरकारले बिपतमा परेकालार्इ उद्धार नगरी जिल्लाबाहिरबाट पालिका प्रबेसमा रोक लगाएपछि कांग्रेस युवा नेता तथा महाधिवेशन प्रतिनिधी पोखरेलले उद्धार गरेका हुन् ।

पोखरेलले दुई दिनदेखि भोक भोकै आएकाहरुलार्इ प्यूठानको ब्यापारिक केन्द्र बाग्दुलामा खाजा समेत खुवाउने व्यवस्था मिलाएका थिए । । जुस, बिस्कुट, चाउचाउ र पानीबाड्दै कांग्रेस सभापति अमर भण्डारी, युवा नेता पोखरेल, नगर सचिब पदम थापा सहितले उनीहरुलाई स्वागत गरेका थिए । स्थानीय बजारबासिले पनि सामाजिक दूरी कायम गर्दै स्वागत गरेका थिए ।
प्युठानका अन्य स्थानीय सरकारले आफ्ना जनता उद्धार गरे पनि झिमरुक गाउँ पालिकाको स्थानीय सरकारले भने गाउँपालिका प्रबेसमा रोक लगाएको छ । गाउपालिकाले रोक लगाएको प्रती जनता दुखि छन् । कांग्रेस प्युठानले पालिकाले गलत निर्णय गरेको भन्दै निर्णय सच्याउन चेतावनि दिएको छ । उता झिमरुक गाउँ पालिका अध्यक्ष तिलक जिसिले सरकारको निणर्य भन्दा बाहिर गएर कांग्रेस सस्तो लोकपृयताका पछि लागेको आरोप लगाएका छन् । बिपतको बेला जिल्लावाट संघीय तथा प्रदेशसभामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधीहरुको भूमिका सन्तोष जनक नरहेको गुनासो प्युठानमा हुन थालेको छ ।

Share This
  • 340
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    340
    Shares