नाकाबन्दिबारे गुल्मी कांग्रेसको छलफल

478

नाकाबन्दिबारे गुल्मी कांग्रेसको छलफल

imagesगुल्मी । नेपाली कांग्रेस क्षेत्र नम्बर ३ गुल्मीले नाकाबन्दीले डरलाग्दो परनिर्भरता उजागर गरेको निष्कर्ष निकालेको छ । गएको मंसिर १२ गते वसेको वैठकले गरेका निर्णयहरुको बारेमा जानकारी गराउन नेपाली कांग्रेस क्षेत्र नम्बर तीनले आयोजना गरेको पत्रकार सम्मेलन मार्फत अभावको यो समयमा ५ बर्ष अघि सुरु गरिएको घर घरमा करेशाबारी अभियानको महत्व नाकावन्दीका वेला बढेर गएको जनाएको हो । सदरमुकाम तम्घासमा गरिएको पत्रकार सम्मेलनमा क्षेत्रीय सभापति दामोदर भुसालले सरकारले हरेक परिवारलाई ब्यवस्थित करेशाबारी निर्माण अनिबार्य बनाउनुपर्ने आवश्यक्ता औल्याउनु भयो । यस्तै अवस्था कायम रहे करेशाबारीसँगै गाउँमा एलपी ग्यासको विकल्पमा बायो ग्याँस र स्थानीय खाद्य सामग्रीको प्रयोग समेत बढ्ने सभापति भुसालले बताउनुभयो ।
नेपाली कांग्रेस क्षेत्रीय समितिले भारतीय नाकाबन्दीसँगै जनताका समस्या प्रति राज्य बेखवर भइरहेको ठहर गर्दै हरेक क्षेत्रमा सरकारको उपस्थिति हुनुपर्ने माग गरेको छ । झापामा नेपाली नागरिकहरुलाई भारतीय सिमा सुरक्षा बलका जवानहरुले गोली चलाउँदा समेत राज्य मुक दर्शक बनेकोमा कांग्रे्रसले आपत्ती जनाएको छ । भारतले गरेको नाकाबन्दी अन्तर्राष्ट्रिय कानुन विपरित भएको र भूपरिबेष्ठित राज्यको अधिकार खोसिएकोमा नाकाबन्दीको मुद्धालाई अन्तर्राष्ट्रियकरण गर्न सरकारसमक्ष माग पनि गरेको छ ।
साथै कांग्रेस क्षेत्र नम्बर तीनले नेपाली कांग्रेसको महाधिवेशनको सन्दर्भमा माघ पाँच गते केन्द्रको निर्णय अनुसार गाउँ अधिवेशनहरु गर्ने निर्णय गरेको छ । गाउँ अधिवेशनका लागि माघ १ गते देखि १० गते सम्ममा क्षेत्र नम्बर ३ का २८ वटै गाविसमा वडा भेलाहरु आयोजना गर्ने निर्णय गरेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । भेलाहरुमा नेपालको संबिधान २०७२ को बारेमा छलफल तथा जानकारी गराउने समेत वैठकले निर्णय गरेको क्षेत्रीय कोषाध्यक्ष भोजप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।