कपिलवस्तु र रुपन्देहीमा थप १३ जनामा कोरोना पुष्टि, कपिलबस्तुमा कोरोना संक्रमितको संख्या ५९ पुगे

कपिलवस्तु र रुपन्देहीमा थप १३ जनामा कोरोना पुष्टि, कपिलबस्तुमा कोरोना संक्रमितको संख्या ५९ पुगे

बुटवल । नेपालमा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा रुपन्देही र कपिलवस्तुमा गरी थप १३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
नयाँ संक्रमितमा कपिलबस्तुको महाराजगंज नगरपालिकाका ९ जना र विजयनगर गाँउपालिकाका ३ जना र एक जना रुपन्देहीका युवक छन् । महाराजगंजमा पहिलो पटक कोरोना संक्रमित भेटिएका छन् । उनीहरु सबै जना भारतबाट फर्किएर क्वारेण्टाइनमा बसेका व्यक्ति हुन् । स्वास्थ्य मन्त्रालयले भने यसको औपचारिक जानकारी दिइसकेको छैन । योसँगै कपिलबस्तुमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या ५९ पुगेको छ ।

Share This
  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares