वडा अध्यक्ष पाठक स्वास्थ्य सचेतना जगाउन गाउँ –गाउँमा

1.1K

वडा अध्यक्ष पाठक स्वास्थ्य सचेतना जगाउन गाउँ –गाउँमा

दयाराम डुम्रे ,वालिङ्ग । स्याङ्जा जिल्ला वालिङ्ग नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष आनन्द प्रसाद पाठकले कोरोना भाईरसको बढ्दो संक्रमणलाई मध्यनजर राख्दै सचेतना फैलाउन गाउँ –गाउँमा पुग्नु भएको छ ।
वडाध्यक्ष पाठकको नेतृत्वमा वडाका विभिन्न ठाउँमा अन्य मुलुकबाट आएका नागरिक र उनिहरूको परिवारलाई सचेतना जगाउन गाउँ गाउँमा पुग्नुभएको हो ।
पछिल्ला दिनमा छिमेकी मुलुक भारतबाट स्वदेश फर्कने मानिसहरूको संख्यामा वृद्धि संगै केही संक्रमणको कम संभावना भएका मानिसहरूलाई पि.सि.आर विधिबाट परिक्षण गरि नेगेटिभ नतिजा आएकालाई होम क्वारेन्टाइनमा राखिएको जानकारी दिदै वडाध्यक्ष पाठकले गाउँमा त्रासको वातावरण भएको र सो बाट बच्न कसरी सकिन्छ भन्ने बारे सचेतना फैलाउन आफु गाउ निस्केको जानकारी जानकारी दिनु भयो ।

उहाँले होम क्वारेन्टाइनमा रहेका मानिसलाई कम्तिमा १४ दिन शुरक्षित रहि कसैको सम्पर्कमा नजान आग्रह गर्नुभएको छ । साथै परिवार एवं छिमेकीलाई पनि १४ दिन सम्म उहाँहरूको सम्पर्कका नजान आग्रह गर्नुभएको छ । उहाँले क्वारेन्टाइनमा बस्दैमा रोगको संक्रमण नहुने बताउदै उनिहरूले कुनै अपराध नगरेकोले छिछी र दुर दुर नगर्न समुदाय संग आग्रह गर्नुभएको छ । वडाध्यक्ष वडा सदस्य एवं वडा प्रहरी प्रतिनिधि सहितको टोलिले अनुगमन गरेको थियो । होम क्वारेन्टाइनमा बसेका मानिसलाई केही समस्या परेमा वडाका सम्पर्क गर्न पनि आग्रह गर्नुभएको छ ।


यसैबीच गाउँमा अन्य मुलुकबाट मानिस आउन थालेपछि टोल टोलमा बार लगाएर प्रवेश निषेध गरिएको छ । स्याङ्जाको वालिङ १३ कटौजेमा पनि रोगको संक्रमण लाई मध्यनजर राखि टोल प्रवेशमा निषेध गरिएको तुलसीराम डुम्रेले जानकारी दिनुभएको छ ।