कृषि क्षेत्रलाई प्रोत्साहन दिइने: सरकारले छुट्यायो ४१ अर्ब ४० करोड

440

कृषि क्षेत्रलाई प्रोत्साहन दिइने: सरकारले छुट्यायो ४१ अर्ब ४० करोड

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७ र८ मा कृषि क्षेत्रका लागि ४१ अर्ब ४० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यो रकम चालु आर्थिक वर्षको भन्दा ७ अर्बले बढी हो ।आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले (विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ ले अर्थतन्त्र धराशायी बनाउँदै गएपछि सरकारले आगामी वर्षमा कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिने लक्ष्य लिएको बताए। स्वदेश र विदेशमा अर्थमन्त्री डा खतिवडाका अनुसार रोजगारी गुमाएका युवालाई राजगारी दिन कृषि क्षेत्रमा लगानी गर्ने योजना सरकारको छ ।

एकै पटक र तत्कालै ठूलो संख्यामा युवाहरुलाई रोजगारी दिन सक्ने अन्य कुनै क्षेत्र नभएपछि सरकारले कृषि क्षेत्रलाई आफ्नो प्राथमिकतामा राखेको हो। त्यस्तै सरकारले सबै गाउँपालिकामा बिक्री केन्द्र, भण्डारण, प्रशोधन र संकलन केन्द्र स्थापना गर्ने योजना कृषि मन्त्रालयले बनाएको छ। यस्तै, उत्पादित कृषि वस्तु बेचविखनका लागि अन्तर प्रदेशस्तरीय कृषि बजारको सञ्जाल निर्माण गर्ने कार्यक्रम रहेको पनि अर्थमन्त्री खतिवडाले बताए ।