देवदह जेसीजद्वारा अनलाईन प्रविधिको प्रयोग गरेर नगरस्तरीय कविता प्रतियोगिता

1.2K

देवदह जेसीजद्वारा अनलाईन प्रविधिको प्रयोग गरेर नगरस्तरीय कविता प्रतियोगिता


बुटवल । रुपन्देहीको देवदहमा कृयाशिल ‘देवदह जेसीज’ले अनलाईन प्रविधिको माध्यमबाट नगर स्तरीय अन्तर माध्यमिक बिद्यालय ‘कबिता प्रतियोगिता’ गरेको छ । कोरोना भाईरस (कोभिड–१९) को संक्रमण फैलिन नदिनकालागि लकडाउन गरेका कारण अनलाईन प्रविधिका माध्यमबाट शनिबार नगर स्तरीय कबिता प्रतियोगिता गरिएको हो ।

देशभक्तिलाई प्राथमिकता दिईएको उक्त प्रतियोगितामा सगरमाथा आवासीय माध्यमिक बिद्यालयकी ओजस्वी न्यौपाने प्रथम, प्रगति माध्यमिक बिद्यालयका कृश्चल गौतम द्वितीय, केरवानी माध्यमिक बिद्यालयका राहुल सापकोटा तृतीय र भविश्य निर्माण माध्यमिक बिद्यालयका प्राप्ती पोखरेल सान्त्वना भएको देवदह जेसीजका अध्यक्ष सुरेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

प्रतियोगितामा १४ बिद्यालयका बिद्यार्थी सहभागि थिए । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने बिद्यार्थीलाई क्रमशः ५ हजार रुपैंया, ३ हजार रुपैंया, २ हजार रुपैंया र १ हजार रुपैंया नगद पुरस्कार ई–सेवा मार्फत प्रदान गरिएको अध्यक्ष अधिकारीले बताउनु भयो ।

त्यस अवसरमा देवदह नगरपालिकाका मेयर हिराबहादुर खत्री, बिशेष वक्ताको रुपमा साहित्यकार नवराज लम्साल, निर्णायक संयोजक डा. घनश्याम परिश्रमी, कबि सुरेन्द्र अष्टफल, कबि महेश्वर शर्मा सहित नेपाल जेसीजका पदाधिकारी, आयोजक देवदह जेसीजका पदाधिकारी सदस्यहरु समेत गरी १२७ जना उक्त अनलाईनमा सहभागि हुनु भएको कार्यक्रम संयोजक देवदह जेसीजका कार्यकारिणी उपाध्यक्ष यमबहादुर थापाले जानकारी गराउनु भयो ।

कार्यक्रमको समापनमा बोल्दै देवदह नगरपालिकाका मेयर खत्रीले मुलुक लकडाउन भएको समयमा पनि जेसीजले प्रविधिको प्रयोग गरेर बिद्यार्थीलाई प्लेटफर्म उपलब्ध गराएको भन्दै आभार व्यक्त गर्नुभयो । कार्यक्रममा सहभागि स्रष्टाहरुले साहित्यिक रचनाहरु (कबिता) प्रस्तुत गरेका थिए । देवदह जेसीजका अध्यक्ष सुरेन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव केशवराज पराजुलीले गर्नु भएको थियो ।