सवारी दुर्घटना बढ्यो, छुटाछुट्टै दुर्घटनामा तिनजनाको मृत्यु

556

सवारी दुर्घटना बढ्यो, छुटाछुट्टै दुर्घटनामा तिनजनाको मृत्यु

images (1)बुटवल,मंसिर । पछिल्लान दिनमा सवारी दुर्घटना बढेको छ । आज मात्र छुटाछुटटै तिनवटा दुर्घटना भएका छन । बुटवलको जितगढिमा भएका फरक फरक सवारी दुर्घटनामा तिन जनाको मृत्यु भएको छ ।
केहि वेर अघि लु ७ प ५४६१ नम्मरको पल्सर मोटरसाईकल र ना ३ ख ३२२ नम्मरको ट्रक एक आपसमा ठक्कर खांदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । थप एक जना घाइृते भएको प्रहरीले बताएको छ । परिचय नखुलेका उनिहरुतिनै जना मोटरसाइृकलमा सवार रहेका थिए ।
यस्तै बुटवलको पाखापानी मा भएको सडक दुर्घटनामा परि मोटरसाइकल चालकको मृत्यु भएको छ । बुटवलबाट पश्चिम जांदै गरेको लु १ ख ८३११ नम्बरको ट्रकले सोहि दिशातिरै जादै गरेको लु ३ प ४५८० नम्बरको मोटरसाइकललाइ ठक्कर दिएको हो । ठक्करबाट मोटरसाइकल चालकको घटनास्थल मै ज्यान गएको क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । पारि बुटवल फूलबारी गेट नजिकैको पूलमा पौने १ बजेको समयमा दुर्घटना भएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक नवलपरासी रुचाङ २ का ३१ बर्षिय रणसिंह ठाडा रहेका छन् । । उता बुटवलबाट पाल्पा छहरा हुँदै अर्घाखाँची जादै गरेको बस छहरा बजार नजिकै केही बेर अघि दुर्घटना भएको छ । बस सडकबाट पल्टिएको हो । लु १ ख ८०२६ नम्बरको बस पल्टिदा सात जना यात्रु घाइते भएका छन् । घाइते मध्ये ३ को अवस्था गम्भीर छ ।