अर्घाखाँचीको क्वारेन्टाइनमा रहेका एक पुरुषले गरे आत्महत्या

784

अर्घाखाँचीको क्वारेन्टाइनमा रहेका एक पुरुषले गरे आत्महत्या

बुटवल । अर्घाखाँचीको एक क्वारेन्टाइनमा रहेका ४३ वर्षीय पुरुषले आत्महत्या गरेका छन् । जिल्लास्थित शितगंगा नगरपालिका वडा नं ५ मा रहेको हरी माविको क्वारेन्टाइनमा रहेका सोहि वडाका देवबहादुर विकले बुधवार विहानपख झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बिहान बुधवार बिहान ३ बजेतिर त्यहि क्वारेन्टाइनमा रहेका अन्य दुईजनालाई उठाइ उनी शौचालय गएका थिए । फर्किएर आइ अरु साथीहरु सुतेपछि उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले दिएको जानकारीअनुसार क्वारेन्टाइन नजिकै रहेको खनियाको बोटमा आफ्नै ओछ्यानमा विच्छाएको तन्नाले पासो लगाएर झुण्डिएर मरेको अवस्थामा फेला परेको थिए । उनी गत जेठ १० गते भारतबाट आएर क्वारेन्टाइनमा बस्दै आएका थिए । उनको आरडिटी परीक्षणमा कोरोना पोजेटिभ देखाएको थियो । पीसीआर परीक्षणको रिपोर्ट आएको छैन् ।

गत जेठ २६ गते पीसीआर परीक्षणका लागि स्वाब संकलन गरि भैरहवा लगिएको भएपनि उनको रिपोर्ट अझैसम्म नआएको प्रहरीले जनाएको छ । त्यहाँको स्थानीय प्रशासनले उनको पीसीआर रिपोर्ट नआएसम्म शव नजलाउने निर्णय गरेको प्रहरीले जनाएको छ ।