नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ८ हजार ६०५ पुग्यो

464

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ८ हजार ६०५ पुग्यो

बुटवल । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजार ६ सय पाँच पुगेको छ । पछिल्लो २४ घण्टामा थप तीन सय ३१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म एक लाख ६९ हजार एक सय २५ जनाको पीसीआर विधिमार्फत र दुई लाख ५२ हजार तीन सय जनाको आरडीटी विधिमार्फत कोरोना परीक्षण भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।

त्यस्तै पछिल्लो २४ घण्टामा एक सय ७६ जना कोरोना सङ्क्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको कुल सङ्ख्या एक हजार पाँच सय ७८ रहेको छ ।