कोरोनाको महामारी सकिएको छैन : सतर्क रहन डब्लु.एच.ओ.को अपिल

1.3K

कोरोनाको महामारी सकिएको छैन : सतर्क रहन डब्लु.एच.ओ.को अपिल

विश्व स्वास्थ्य संगठन (डब्लु.एच.ओ.)को नेपाल कार्यालयले कोभिड–१९ को महामारी कायमै रहेकाले सर्तक रहन सार्वजनिक अपिल गरेको छ ।
सरकारले लडकडाउन खुकुलो बनाए पनि कोभिड–१९ को महामारी टरिनसकेकाले सतर्कता अपनाउनुपर्ने संगठनका प्रमुख डाक्टर जोस भ्यान्डेलरले बताउनु भयो । उहाँले महामारी अझै पनि नसकिएकाले संक्रमणको जोखिम कायमै रहेकाले सर्तता अपनाउन आग्रह गर्नुभएको हो ।
लकडाउन खुकुलो भएसँगै कार्यालयहरू सञ्चालनमा आएको तथा मानिसहरूको एक आपसमा भेटघाट बढेकाले सबैले आफ्नो तर्फबाट सर्तक रहन जरुरी रहेको औंल्याउनु भएको छ ।
संक्रमण नियन्त्रणका लागि प्रत्येक व्यक्तिले आफ्नो जीवनशैली र कार्यशैलीमा परिर्वतन ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । मानिसहरूको भिडभाडमा नजाने, जानै परे दुरी कायम गर्ने, मास्क लगाउने तथा बेलाबेलामा साबुन पानीले हात धुन उहाँको आग्रह छ ।