प्रदेश पाँच : कोरोनाको संक्रमण सबैभन्दा बढी कपिलबस्तुमा

प्रदेश पाँच : कोरोनाको संक्रमण सबैभन्दा बढी कपिलबस्तुमा

प्रदेश पाँचका १२ जिल्लामध्ये सबैभन्दा बढी कारोनाको संक्रमण कपिलबस्तु जिल्लामा देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले अध्यावधिक गरेको पछिल्लो तथ्यांक अनुसार कपिलबस्तुमा नयाँ संक्रमितको संख्याभने १ जना मात्रै छ ।
पछिल्लो थपिएको १ जना सहित कपिलबस्तुमा कोरोना भाईरस संक्रमितको संख्या ७०८ पुगेको छ । पछिल्लो दिन सबैभन्दा बढी दाङ्मा ५४ जना नयाँ संक्रमित भेटिएका छन् । प्रदेश पाँच स्वास्थ्य निर्देशनालयले अध्यावधिक गरेको पछिल्लो तथ्यांक अनुसार बिहिबार रातीसम्म १२४ जना नयाँ संक्रमित थपिएका छन् । यो संख्या संगै प्रदेश पाँचमा कोरोना संक्रमितको संख्या ३ हजार ११० पुगेको छ ।
पछिल्लो दिन पाल्पामा २१ जना, गुल्मीमा १२ जना, रुपन्देहीमा ९ जना, प्युठानमा ७ जना, बर्दियामा ६ जना, नवलपरासी पश्चिममा ६ जना र बाँकेमा ४ जना थपिएसंगै कोरोना संक्रमितको संख्या पाल्पामा ३९३, दाङमा ३८२, बाँकेमा ३५४, रुपन्देहीमा २७५, गुल्मीमा २५९, अर्घाखाँचीमा २५४, प्युठानमा १९१, बर्दियामा १६१, नवलपरासीमा ८४, रोल्पामा ४५ र रुकुमपूर्वमा ४ पुगेको छ ।
त्यस्तैगरी प्रदेश ५ मा ६ हजार ७ सय ६२ जनाको स्वाबको पीसीआर परीक्षणको रिपोर्ट आउन बाँकी छ । प्रदेशमा १ हजार ५ सय ६ जना उपचाररत छन् । प्रदेश ५ मा १ हजार ४ सय ५१ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । प्रदेश ५ मा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेशका १२ वटै जिल्लामा गरि २६ हजार भन्दा बढी क्वारेन्टिनमा बसेका छन् ।

Share This
  • 18
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    18
    Shares