व्यापार संघको कस्मेटिक बस्तुगत समितिद्वारा आम्दामा हात धुने मेसिन प्रदान

व्यापार संघको कस्मेटिक बस्तुगत समितिद्वारा आम्दामा हात धुने मेसिन प्रदान

रुपन्देही व्यापार संघमा गठित कस्मेटिक बस्तुगत समितिले सिद्धार्थ बाल तथा महिला (आम्दा) अस्पताल बुटवललाई हात धुने मेसिन प्रदान गरेको छ । अस्पतालमा आउने बिरामी, तीनका कुरुवा तथा स्वास्थ्यकर्मीलाई हात धुन सहज बनाउनकालागि हात धुने मेसिन प्रदान गरिएको रुपन्देही व्यापार संघ कस्मेटिक बस्तुगत समितिका अध्यक्ष नियामत अलीले जानकारी दिनुभयो ।
उक्त मेसिन सोमबार एक कार्यक्रमका बिच अध्यक्ष अली, संघका अध्यक्ष यमलाल लोहोनीले संयुक्त रुपमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बस्याल, बालरोग बिशेषज्ञ डा. सन्तोस पोखरेल, प्रशासन प्रमुख ध्रुव श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको थियो ।
विश्वमा महामारीको रुप लिएको कोरोना भाईरस (कोभिड–१९) ले नेपालमा पनि आर्थिक तथा सामाजिक क्षेत्रमा नराम्रो प्रभाव पारेको छ । उद्योगधन्दा व्यापार व्यबसाय ठप्प भएको समयमा पनि त्यसबाट बच्न र बचाउनकालागि संघको बस्तुगत समितिले अस्पतालमा हात धुने मेसिन प्रदान गरेकामा संघका अध्यक्ष लोहोनीले समितिलाई धन्यवाद ज्ञापन गर्दै सहि सदुपयोग गर्नकालागि अस्पताललाई आग्रह गर्नुभयो ।
व्यापार संघ कस्मेटिक बस्तुगत समितिका अध्यक्ष अलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बस्तुगत समितिका सचिव विजय सुवेदीले गर्नुभएको थियो ।

Share This
  • 39
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    39
    Shares