पछिल्लो २४ घण्टामा ३१६ जनामा कोरोना पुष्टि, नेपालमा कुल संक्रमितको संख्या १३ हजार ५६४ पुग्यो

पछिल्लो २४ घण्टामा ३१६ जनामा कोरोना पुष्टि, नेपालमा कुल संक्रमितको संख्या १३ हजार ५६४ पुग्यो


बुटवल । नेपालमा आज (मंगलवार) एकैपटक ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १३ हजार ५६४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार आज भेटिएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरसको कारण २९ जनाको मृत्यु भएको छ । नेपालमा अहिलेसम्म ३ हजार १९४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । त्यसमध्ये २ हजार ९१७ पुरुष र २७७ जना महिला रहेका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण मुक्त हुनहरुको संख्या ६० रहेको छ । पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेहरुमध्ये ९ जना महिला र ५१ जना पुरुष छन् ।

Share This
  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares