व्यूटिसियन संघको वार्षिकोत्सवमा बुटवलमा रक्तदान

723

व्यूटिसियन संघको वार्षिकोत्सवमा बुटवलमा रक्तदान

नेपाल व्यूटिसियन संघ रुपन्देहीले संस्थाको वार्षिकोत्सवको अवरसमा रक्तदान गरेको छ । संघको १४ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार रक्तसञ्चार सेवा केन्द्र बुटवलमा रक्तदान गरिएको हो ।
नेपाल ट्रेड युनियन काँग्रेससंग आवद्ध नेपाल व्यूटिसियन संघले आयोजना गरेको रक्तदान कार्यक्रममा ४८ जनाले रक्तदान गरेको संघकी रुपन्देही जिल्ला अध्यक्ष रेनु कर्माचार्यले जानकारी दिनुभयो ।
रक्तदान कार्यक्रमको उद्घाटन गर्दै नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले कोरोना भाईरस (कोभिड–१९) को महामारीको समयमा पनि संघले रक्तदान गरेर राम्रो काम गरेको बताउनु भयो । उहाँले कोरोना महामारीको समयमा रक्तदान गर्ने रक्तदाता समेत प्रभावित भएको समयमा रक्तदान गरेर स्रहानीय काम गरेको बताउँदै तर कोरोना महामारीप्रति सरकार गम्भिर नभएको आरोप लगाउनु भयो ।
संघकी अध्यक्ष रेनु कर्माचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका निवर्तमान अध्यक्ष तथा काँग्रेस महासमिति सदस्य काजिमान श्रेष्ठ, नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका कार्यवाहक अध्यक्ष ओमप्रकाश चौधरी, नेपाल व्यूटिसिन संघकी केन्द्रीय उपाध्यक्ष शान्ति शर्मा, प्रदेश पाँचकी अध्यक्ष बिष्णु थापा, मधु न्यौपाने, जिल्ला उपाध्यक्ष अनिता केसी, सहसचिव जुना राना लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।