लायन्स क्लव बुटवल खस्यौलीमा पौडेल

781

लायन्स क्लव बुटवल खस्यौलीमा पौडेल

‘हामी सेवा गर्छौ’ मुल नारा सहित समाज सेवा गर्ने मुल उद्देश्य सहित स्थापित लायन्स क्लव अफ बुटवल खस्यौलीको अध्यक्षमा राजु पौडेल चयन हुनु भएको छ । नवनिर्वाचित अध्यक्ष पौडेललाई बुटवलमा आयोजित एक कार्यक्रममा निवर्तमान अध्यक्ष बिकास अग्रवालले पद हस्तान्तरण गर्नुभएको छ ।
नव निर्वाचित समितिको प्रथम उपाध्यक्षमा विष्णु उपाध्याय, द्वितीय उपाध्यक्षमा शितल ज्ञवाली, तृतीय उपाध्यक्षमा मुना राना, सचिवमा सुदिप वेलवासे, कोषाध्यक्षमा रमेश अर्याल, मेम्बरशिल चेयरप्रसनमा सरोज कंडेल, क्लव मार्केटिङ सभिर्सिङ्मा मनोज पन्तलाई चयन गरिएको छ ।
कार्यक्रममा लायन्स क्लवका पूर्व डिष्ट्रिक गभर्नर महेन्द्रनारायण श्रेष्ठले क्लवले बुटवलमा गरेको कामको चर्चा गर्दै आगामी दिनमा पनि उत्कृष्ट काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
क्लवले बाल स्वास्थ्यलाई बिशेष महत्व दिएको बताउँदै यो वर्ष बाल मस्तिष्क पक्षघात भएका बालबालिकाको क्षेत्रमा काम गर्ने नव निर्वाचित अध्यक्ष पौडेलले जानकारी गराउनु भयो । त्यस्तैगरी उहाँले क्लवका ४ वटा लियो क्लवसंगै रहेर वर्षमा ४ वटा कार्यक्रम गर्ने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा लायन्स क्लवका डिष्ट्रिक कोर्डिनेटर अर्जुनमान सैंजु, जोन चेयर प्रसन बिनित भट्टराई, मनोज पन्त, सुदिप वेलवासे लगायतले भनाई राख्नुभएको थियो ।