काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शुक्रकार देखि लागुहुने गरि लोडसेडिङको समय बढाएको छ । अबदेखि हप्तामा ५६ घण्टा बिजुली काटिने भएको छ । विद्युत प्रणाली भार अत्याधिक वृद्धि भएको, भूकम्पका कारण क्षति भएका विदुत गृह सञ्चालन हुन नसकेको तथा नदीमा पानीको सतह घटेकाले लोडसेडिङको समय बढाइएको प्राधिकरणले जनाएको छ ।
नयाँ तालिका अनुसार अब हप्तामा दुई दिन सात घण्टा, तीन दिन आठ घण्टा र दुई दिन नौ घण्टा बिजुली जाने छ । हप्ताको पाँच दिन दुई पटक तथा दुई दिन तीन पटक लोडसेडिङ हुनेछ । कोलहपुरसहित पश्चिम क्षेत्र र ढल्केवर–अनारमणी क्षेत्रबाट विद्युत आपूर्ति हुने क्षेत्रका लागि लोडसेडिङ तालिका पछि प्रकाशित गरिने प्राधिकरणले जनाएको छ । प्राधिकरणले औद्योगिक क्षेत्रका लागि भने छुट्टै लोडसेडिङ तालिका बनाएको छ ।