लकडाउनकै बिचमा भर्चुअल तेक्वाण्डे प्रतियोगिता : बुटवलका ६ खेलाडीलाई पदक

1.8K

लकडाउनकै बिचमा भर्चुअल तेक्वाण्डे प्रतियोगिता : बुटवलका ६ खेलाडीलाई पदक

विश्वमा महामारीको रुपमा फैलिएको कारोना भाईरसको संक्रमण रोक्नकालागि गरिएको लकडाउनकै बिचमा आयोजना गरिएको ‘कोभिड अन्तर्राष्ट्रिय भिडियो पुम्से च्याम्पियनशिप २०२०’ मा माउन्ट एभरेष्ट एकेडेमी पुल्चोक बुटवलका ६ खेलाडीले पदक जित्न सफल भएका छन् ।
अमेरिका स्थित इन्टरनेशनल तेक्वान्दो फ्रेन्डशिप च्याम्पियनशिप (आईओएफटिसी) ले आयोजना गरेको उक्त प्रतियोगितामा माउन्ट एभरेन्ट एकेडेमीका ८ खेलाडी सहभागि भएका थिए । त्यसमध्ये २ जनाले स्वर्ण, २ जनाले रजत र २ जनाले काश्य पदक जित्न सफल भएको माउन्ट एभरेष्ट एकेडेमीका प्रशिक्षक सुरज श्रेष्ठले बताउनु भयो ।
प्रतियोगितामा १६ देशका खेलाडीको सहभागिता रहेको थियो । त्यस्तै नेपालका १ सय १ जना खेलाडी सहभागि थिए । एक साता अंगाडी पठाईएको भिडियोको नतिजा सोमबार प्रकाशित भएको हो । जसमा माउन्ट एभरेष्टबाट सहभागि भएका अर्पना भट्टराई र खुसी बरालले स्वर्ण, आयान कार्की र आशिश भट्टराईले रजत तथा सुहानी श्रेष्ठ र सरुन रजक्ले काश्य पदक जित्न सफल भएका हुन् । उनीहरु सबैजनाले आफ्नो आफ्नो उमेर समुह र वेल्टमा पदक जितेका हुन् ।
त्यस्तैगरी सन् २०२० जुलाई ३ देखि ५ सम्म लण्डनमा भएको भर्चुअल रेन्ज ओपेन पुम्से च्याम्पियनशिपमा पनि माउन्ट एभरेष्टका पुम्सेतर्फ अन्डर १४ मा तेस्रो स्थान हासिल गरेका थिए । अनलाईन भिडियो मार्फत भएको उक्त प्रतियोगितामा माउन्ट एभरेष्टका ३ जना खेलाडी सहभागि थिए ।
कोरोना भाईरस (काभिड–१९) महामारीका कारण्ण प्रतियोगितामा बढीभन्दा बढी खेलाडी सहभागि हुन नसकेपनि थोरै खेलाडी सहभागिबाट आएको राम्रो परिणामले आफ्नो क्षेत्र र देशको नाम राख्न सफल भएको र आगामी दिनमा समेत अझै राम्रो गर्ने हौसला मिलेको प्रशिक्षक श्रेष्ठले बताउनु भयो ।