कविता : म तिम्रो नागरिक हुँ !

1K

कविता : म तिम्रो नागरिक हुँ !

दिनेश खड्का /

अत्यास छ,
उदास छ,
अनिहतास छ ।
मेरो मन,
मेरो समाज,
र मेरो सरकार ।
मआफूप्रतिभन्दा समाजप्रति,
समाजप्रतिभन्दा देशप्रति,
र सबैभन्दा बढी सरकारप्रति
आशावादीहुनुपर्ने हो,
तर त्यसो हुँन सकिन ।
रुन चाहाँदापनि,
खुलेर रुन सकिन ।
च्यापेपछि रोगले,
च्यापेपछिभोकले ।

एक्लै छटपटाईरहेको छु,
एक्लै तड्पिरहेको छु,
भोकले गलिरहेको छु ।
मैले पनि देखेको छु–
तिमीपनि छटपटाईरहेका छौ ।
फरक यत्तिहो म पेटको पीडाले,
तिमीभने–
वालुवाटार र सिंहदरवारको गेटको पीडाले ।
कहिले धुमबाराहीको पीडाले त,
कहिले बाल्कोटको पीडाले ।
कहिले दिल्लीको पीडाले त,
कहिले बेइजिङ्को पीडाले ।

महिनौ भयो म थुनिएको
समयको पिंजडामा
समयकै दास बनेर ।
तर तिमी स्वतन्त्र छौ,
दौडिरहेका छौ,
कुदिरहेका छौं कुर्सी जोगाउन ।
मपनि दौडिरहेको छु,
मपनिसंघर्ष गरिरहेको छु,
म र मेरा सन्तानको श्वास जोगाउन ।

मैले बिहान उठेदेखि नसुतुञ्जेल
समाचार सुनिरहन्छु देशको,
तिमीले सायद सुन्नैभ्याएका छैनौ,
नागरिकको रोगको र भोकको ।
म सुन्दा सुन्दाथाकिसके,
सायदतिमीनसुनेरै थाकिसक्यौं ।
तथ्यतिमीलाई थाहा छ ?
मैले रोग रोक्नमास्कलगाईरहेछु,
तिमीलाज छोप्न लगाईरहेका छौ कि !

मलाई जस्तो सजिलो कहाँ छ र है !?
पराईसँग लड्नुपरिराखेको छ ।
आफ्नैसँगझन ठूलो लडाई छ ।
कहिले सीमाको लडाई ,
कहिले सत्ताको बिमाको लडाई ।
आखिर जित्नु नै छ सबैलाई,
राष्ट्रवादको नारा बेचेर ।
नागरिकलाई सपना बेचेर ।
कहिले जमिन बेचेर त,
कहिले आकाश बेचेर !

के तिमीलाईथाहा छ सरकार–
म यो किनभनिरहेको छु?
किनकीतिमी मेरो आशाहौं ।
प्रेमिकालाई प्रेमिको आशा जस्तै
आमालाई छोराको आशा जस्तै ।
बालकलाईआमाको आशा जस्तै ।
मेरा आशामाथितुषारापातनगरिदेउ है,
किनकी म नितिमीलाई चाहिन्छु फेरि ।
अहिले होईन केहिबर्षपछि,
फेरि तिम्राआशाहरु पूरा गर्नकालागि,
मेरो मन मतमा रुपमादिनकालागि,
सिंहदरवारको सिंहासनकाबसाउनकालागि !

बहकिएको मन खै के—के सोच्छ?
तिमीप्रियहुँदापनिब्यर्थै घोच्छ ।
बस् आशायत्ति छ,
तिमी राम्रो सरकार चलाउ,
म मेरो श्वास चलाउन सकू ।
चूलो हरेक दिनजलाउन सकू ।
यत्तिआशा राख्नत सक्छुहोलानि
मेरो प्रिय सरकार !
किनकी—म तिम्रो नागरिक हुँ ।

बुटवल, रुपन्देही
२०७७असार २३