नीजि बिद्यालयले शुल्क फिर्ता गर्ने सहमतिपछि बिद्यालयमा लगाएको ताला खुल्यो

नीजि बिद्यालयले शुल्क फिर्ता गर्ने सहमतिपछि बिद्यालयमा लगाएको ताला खुल्यो

नीजि बिद्यालयहरुले अनलाईन कलासको नाममा शुल्क उठाएपछि त्यसको बिरोधमा नेपाल बिद्यार्थी संघले लगाएको ताला खोलीएको छ । नीजि बिद्यालयहरुको छाता संस्था प्याब्सन र नेपाल बिद्यार्थी संघको बैठकपछि बिद्यार्थीसंघ असुल गरेको शुल्क फिर्ता गर्ने सहमतिमा सोमबार बिद्यालयमा लगाईएको ताला मंगलबार खोलीएको नेपाल बिद्यार्थी संघ रुपन्देहीका निवर्तमान अध्यक्ष सन्तोस डिसीले बताउनु भयो ।
नीजि बिद्यालयहरुले बिद्यार्थी भर्ना तथा शैक्षिक शुल्क उठाउनकालागि सुचना जारी गरेपछि त्यसको बिरोध गर्दै नेबिसंघले बिद्यालयलाई शुल्क नलिन र बिद्यार्थीलाई पनि शुल्क नबुझाउन आग्रह गरेको थियो । त्यस्तैगरी कोरोना भाईरसको महामारीका बिचमा बिद्यालय बन्द रहेको र सरकारले समेत बिद्यार्थी भर्ना गर्न तथा पठनपाठन नगर्न आग्रह गरेको थियो ।
तर नीजि बिद्यालयहरुले कोरोना भाईरस महामारीको समयमा पनि अनलाईन कक्षा सञ्चालन गर्दै आएका छन् भने बिद्यार्थीसंग शुल्क असुलेको आरोपमा नेपाली काँग्रेसको भातृ संस्था नेबिसंघले रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाका ६ वटा बिद्यालयमा तालाबन्दि गरिदिएको थियो ।
बिद्यालयमा तालाबन्दी भएपछि नीजि बिद्यालयहरुको छाता संस्था प्याब्सन रुपन्देहीका नेताहरुसंग बैठक बसेर आईन्दा शुल्क नउठाउने र उठाएको शुल्क फिर्ता गर्ने सहमति भएको नेता डिसीले बताउनु भयो । उक्त बैठकमा नेबिसंघको तर्फबाट निवर्तमान अध्यक्ष डिसी तथा प्याब्सन रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेल र प्याब्सन तिलोत्तमाका अध्यक्ष डिबि थापाले उक्त सहमति पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

Share This
  • 663
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    663
    Shares